
Gsbus
Csbus
Gsl
Amb
Pbu
Ratbs
Ssbus
Bksbus5
dsbus
Rbs
Jsbus
Nssbus7
syysr
Syees
gms
Ddhbs

Rgu
Tsm
Ssm
Vor
Sbs
Asm
Bbbpu
Wsp
Rsb
Sls
nsb
Ggd
Ksm
Pvg
Hal
Rgu
Rgs
Gst
Bbu

Pls
Bml
Jmb
sab
Jmb
Mks
Abd
Rmb
Gsb
Ptm
Syp
Rpp
bbt
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रमकाे सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम,कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर,कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , लुम्बिनी प्रदेश पर्यटन ग्रामीण सहरी विकास राज्यमन्त्री रिना नेपाल,अतिथिहरु कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह रहनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर सिंहले नगर प्रमुख शाहको पार्टी प्रवेशले कपिलवस्तुमा नेपाली कांग्रेस झन बलियो बनेकाे,सबै प्रवेशिका साथिहरु लाई हार्दिक स्वागत तथा बधाई दिए । लाेकतान्त्रिक पार्टी भनेकाे केवल नेपाली कांग्रेस मात्र हाे,सबैलाई समाबेश गर्ने पार्टी भएकाले सबैलाई समेटेर अगाडि बढिरहेकाले जनताकाे लहर नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले आफू नगरको विकासमा सधै रहने बताउदै जनताले फेरि आउने चुनावमा मूल्यांकन गर्ने,आफू स्वतंत्र रहेर नगर विकास गर्न खोज्दा विभिन्न तत्वहरू विरोध गर्न लागे पनि आफू जनताको हित अनुसार काम गरिरहने बताउनुभयो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्ष राम मिलन चौधरी,निर्वाचित वडा सदस्य गिरीराज मिश्रा लगायत अन्य वडा सदस्यहरू,निरभय सिंह , वरुण कुमार सिंह लगायत करिव ५०/५५ जनालाई टीका माला लगाएर प्रमुख अतिथि अमर सिंह पुन मगरले पार्टी प्रवेश गराएकाे भएता पनि हजारौं जनाकाे नाम लिष्ट पार्टी प्रवेश गरिएको सुनाइएको थियो । त्यस्तै नगर प्रमुख शाह स्वतन्त्रबाट चुनाव लडेर नगर प्रमुखमा निर्वाचित भएका थिए ।
