Sidha Patra बिहिबार, माघ २०, २०७८

बाँके । आज देशका धेरै ठाउँहरुमा बर्षा भइ रहदा लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा पनि वर्षा भइरहेको छ ।

यस्तै बाँकेको नेपालगन्जमा पनि असिनासहितको पानी परेको छ । यो पटकको हिउँदे वर्षामा असिना परेको पहिलो पटक हो । हिजोदेखि मौसममा आएको अचानकको परिवर्तनले चिसो ह्वात्तै बढेको छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार आज केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने छ। आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ ।

आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् शाक्यले जानकारी दिनु भयो । अहिले देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यही प्रणालीको कारण मौसम बद्ली भइ वर्षा र हिमपात भइरहेको पाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]