Sidha Patra बुधबार, माघ १९, २०७८

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको अत्याधुनिक नयाँ प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८/०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको हो ।

संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले प्रशासनिक भवन निर्माण भएको हो । ४१ कोठा, २ वटा हल सहित ३ वटै तलामा महिला, पुरुष र अपाङमैत्री शौचालय तथा लिप्ट निमार्ण गरिएको इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यसै बीच प्रशासनिक भवनको बुधबार हिन्दु संस्कार अनुसार पण्डितहरु महेश खनाल र उमानन्द भट्टराईद्धारा पुजापाठ गराई गृह प्रवेश गरिएको छ । गृह प्रवेश सँगै बिहिवार देखि नयाँ भवनबाट सेवा दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

यस अघि सानो भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीहरुलाई सेवा लिन अप्ठ्यारो हुने गरेको थियो । साँघुरा कोठा र एउटा कोठामा २ वटा सम्म शाखा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । नयाँ भवन निमाणर् सँगै सेवा सुभारम्भ भएको भन्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले शुभकामना दिदै नयाँ भवनबाट सेवा लिन सेवाग्राहीहरुलाई आग्रह गरेका छन् । गृह प्रवेश कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शाखागत कर्मचारी र पत्रकारहरुको समेत सहभागिता रहेको थियो । देउखुरी टुडेबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]