
ssbus
tssbus
Ssbus
Sssbus1
Ssbus
Ssbus
nsm
Gsl
Pbu
Sssbus1

Tsm
Ssm
Ksm
Rgs
Bbu
Sbs
Bbbpu
Hal
nsb
Sls
Pvg
Wsp
Vor
Rsb
Asm
Gst
Rgu
Rgu
Ggd

Jmb
Abd
Rmb
bbt
Rpp
Syp
Mks
Gsb
Ptm
Jmb
Pls
Bml
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको अत्याधुनिक नयाँ प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८/०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको हो ।
संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले प्रशासनिक भवन निर्माण भएको हो । ४१ कोठा, २ वटा हल सहित ३ वटै तलामा महिला, पुरुष र अपाङमैत्री शौचालय तथा लिप्ट निमार्ण गरिएको इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।
यसै बीच प्रशासनिक भवनको बुधबार हिन्दु संस्कार अनुसार पण्डितहरु महेश खनाल र उमानन्द भट्टराईद्धारा पुजापाठ गराई गृह प्रवेश गरिएको छ ।
गृह प्रवेश सँगै बिहिवार देखि नयाँ भवनबाट सेवा दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।
यस अघि सानो भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीहरुलाई सेवा लिन अप्ठ्यारो हुने गरेको थियो । साँघुरा कोठा र एउटा कोठामा २ वटा सम्म शाखा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको थियो । नयाँ भवन निमाणर् सँगै सेवा सुभारम्भ भएको भन्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले शुभकामना दिदै नयाँ भवनबाट सेवा लिन सेवाग्राहीहरुलाई आग्रह गरेका छन् । गृह प्रवेश कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शाखागत कर्मचारी र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

देउखुरी टुडेबाट
