काठमाडौं । काठमाडौंको सामाखुसीस्थीत ट्रिपल स्टार मेनपावरमा यही २०७८ साल माघ १८ गते सञ्चारकर्मीमाथी भएको कुटपिटको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अन्यायका विरुद्धमा आवाज उठाइदिनु, सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु सञ्चार माध्यमको प्रमुख धर्म नै हो । त्यही धर्म निभाउदा प्रक्रिया र तरिका मिलेको छैन भने कानुनी उपचारको बाटो छ । तर भौतिक आक्रमणमा उत्रिनु कुनैपनि हालतमा सही मान्न सकिदैन ।
त्यसैले मेनपावर व्यवसायी र उनका समर्थकहरुले सञ्चारकर्मी र मेनपावर व्यवसायीबाट पीडितहरु माथी गरेको कुटपिट अत्यन्त निन्दनीय छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र पीडितहरुलाई क्षतीपुर्तिको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं । संघको तर्फबाट घटनाका बारेमा अध्ययन गरी दोषीलाई कारबाही गराउन, पीडितलाई क्षतीपुर्ति दिलाउन र आवश्यक कार्य गर्नका लागि उपाध्यक्ष कुशलव केसीको संयोजकत्वमा टोली खटिएको पनि जानकारी गराइन्छ ।
कुटपिटबाट घाइते भएका ३४ वर्षीय दीपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवालाहरुसँग माग गर्दै यस्ता घटनाको सामनाका लागि एकजुट हुन क्रियाशिल सवै सञ्चारकर्मीलाई संघले अनुरोध गरेको छ ।