
Fmb
Rks
Ksb
Rsb
Nsb
Tgp
Csb
Gsb
Bsn
Usb
Ppu
Ssb
Ksb
Ksb
Ssb
jsb

Ssb
Hl1
Usb
Tsb
Gsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडारामा रहेकोे कुलपानी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा विश्व सिमसार दिवस एक कार्यक्रमको बीचमा बुधबार सम्पन्न भएको छ ।
समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङ (देउखुरी)लमहीका साहयक वन अधिकृत प्रदेशी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले आम जनस्तरमा सिमसार सम्बन्धि जनचेतना जगाउनको लागि हरेक वर्ष यो दिवस मनाउने गरिएको बताउनु भयो ।
“दलदल पानी,पोखरी र खोला संरक्षण गरे सर्वहित होला”भन्ने मुल नाराको साथमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य तथा सो समुहका सल्लाहकार रेशमीराज नेपाली, डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका साहयक वन अधिकृत राम गोपाल चौधरी,कुलपानी सामुदायिक वन उपभोक्ता समुहका पुर्व अध्यक्ष देबिलाल यादव लगायतका वक्ताले बोल्नु भएको थियो ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी)लमही र कुलपानी सामुदायिक वन उपभोक्ता समुहको संयुक्त सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित अतिथि,समुहका पदाधिकारी,उपभोक्ताले कुलपानी समुहले निर्माण गरेको दुई सिमसार पोखरीको वरिपरिमा सरसफाइ समेत गरेएको थियो ।
समुहका सचिव दिलबसी बि.कको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन कालाकाटे सव डिभिजन वन कार्यालयका रेन्जर प्रमुख भानु भक्त अर्यालले गर्नु भएको थियो ।
त्यस्तै सो कार्यक्रमलाई समापन गर्दै अध्यक्ष शर्माले डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले आफ्नो समुहलाई यसरी विश्व सिमसार दिवस मनाउन अवसर प्रदान गर्नु भएकोमा खुसी व्यक्त गर्दै हार्दिक धन्यवाद प्रदान गर्नु भएको छ ।
अध्यक्ष शर्माले आगामी दिनमा कुलपानी समुहलाई डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीबाट हुने विभिन्न कार्यक्रमहरु सक्दो उपलब्ध गराइ सहयोग गर्न अनुरोध गर्दै हिजो सामुदायिक वन महासंघ नेपाल माथि प्रहरीले गरेको धड्पकड प्रति घोर भर्सना समेत प्रकट गर्नु भएको थियो ।




