Sidha Patra बुधबार, माघ १९, २०७८

काठमाडौं । कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका नागरिक अस्पताल र कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट फेला पारेपछि चार जनालाई पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्नेमा नागरिक अस्पतालका प्रबन्धक प्रशन्नकुमार झा र विचौलिया रोशनकुमार छिट्टान तथा कान्तिपुर अस्पतालबाट नागेन्द्र यादव र माधव मैनाली रहेका छन् । वैदेशिक रोजगारमा जाने ब्यक्तिका लागि सरकारले तोकेभन्दा बढी रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको र छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाउने पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

यस्तै नक्कली पीसीआर रिपोर्टका लागि ८ हजार देखि १८ हजारसम्म लिइएको पाइएको उनले बताए । दुवै अस्पतालको ल्याब रिपोर्ट बनाउन प्रयोग हुने कम्प्यूटर लगायतका उपकरण र अन्य कागजात समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]