
Lks
lnp
Sgp
Ggp
Jns
Usb
Dbs
Dus
Asb
Rgp
Lnp
Ggp
ksb
Rgp
Rgp
Rgp


काठमाडौं । काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्।
त्यस्तै कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घाइतेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन।
‘केही पीडित व्यक्तिहरू मेनपावरमा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कुटपिट भएको देखिन्छ।’उनका अनुसार मेनपावरबाट पीडित भएका व्यक्तिहरूले पनि प्रहरीलाई जानकारी गराएका थिएनन्। घटना भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ।
मेनपावर कम्पनी भित्र कुटपिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फुटेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने लखेटेर कुटपिट गरेको देखिन्छ। घटनाको महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको बताएको छ।
