
Amb
Ratbs
Gsl
Rbs
gms
Pbu
Nssbus7
Csbus
Syees
Bksbus5
dsbus
Jsbus
Ddhbs
Gsbus
Ssbus
syysr

Ssm
Gst
nsb
Rgs
Hal
Tsm
Sls
Bbu
Vor
Pvg
Wsp
Ggd
Sbs
Rsb
Ksm
Rgu
Asm
Rgu
Bbbpu

Jmb
sab
Abd
Rpp
Ptm
Bml
Syp
Rmb
bbt
Mks
Gsb
Jmb
Pls
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यही माघ २२ गते हुने भएको छ । निर्वाचन हुने भएपछी खानेपानीको नेतृत्व कसले लिने भन्नेमा रस्साकस्सी शुरु भएको छ ।
अध्यक्ष पदका लागि अघिल्लो कार्यकालमा कोषाध्यक्षमा लोकप्रिय मत लिएर निर्वाचित भएका जंग बहादुर चौधरी र उतिक्कै मत ल्याएर सचिव पदमा निर्वाचित बनेका सनम कुमार पौडेल विच कडा प्रतिस्पर्धा हुने भएको छ।
अघिल्लो समितिको पदावधि सकिए पछि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि लोकतान्त्रिक प्यानल (नेकपा एमाले) एक्लै कांग्रेस, माओबादी, समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित संयुक्त प्यानलसंग चुनाबमा भिड्दै छ।
नेपाली कांग्रेसले अध्यक्षमा जंग बहादुर चौधरी, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वर्णकार, शिवा चौधरीलाई उम्मेदवार बनाएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेले अध्यक्षका लागि सनम कुमार पौडेल, उपाध्यक्ष पदका लागि अझै टुंगो लाग्न सकेको छैन । सचिवमा दशरथ घिमिरे, कोषाध्यक्ष देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, खुल्ला सदस्यमा टेक बहादुर महरा, धनमाया चौधरी, पप्पु डाँगीलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समजावादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर निर्वाचनमा होमिएको छ।
माओबादी केन्द्रले कोषाध्यक्षमा बासु गौतम, सदस्यमा सीता केसी पोख्रेल, एकीकृत समाजवादीले उपाध्यक्ष सीता चौधरी र सदस्यमा जगनारायण चौधरीलाई उम्मेदवार बनाएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले सचिवमा बसन्तराज आचार्यलाई उम्मेदवार बनाएको छ।
निर्वाचनलाई मध्यनजर गरि निर्वाचन समितिले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ १७ गते निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलको संयोजकतत्वमा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको कार्य तालिका प्रकाशन गरेको हो। जसअनुसार माघ १७ गते बेलुका ५ बजे निर्वाचन कार्यक्रमको कार्य तालिका सार्वजनिक तथा प्रकाशन गर्दै, माघ १८ गते विहान ८ बजे मतदाता नामवली प्रकाशन गर्ने निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए।
यस्तै निर्वाचन संयोजक पौडेलका अनुसार सोही दिन विहान ९ बजेदेखि १२ बजेसम्म मतदाता नामावली उपर दावी विरोध गर्ने, सोही दिन बेलुका ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताइएको छ । यस्तै माघ १९ गते विहान ९ देखि १२ बजेसम्म उम्मेदवार मनोनयनको दर्ता गर्ने, सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवार उपर दावी विरोध गर्ने, सोही दिन २ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने, सोही दिन सवा ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन बेलुका ४ बजे उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए।
यस्तै सोही दिन बेलुका ४ बजेदेखि माघ २१ गते राती १२ बजेसम्म चुनाव प्रचारप्रसार गर्ने, माघ २२ गते विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान गर्ने र सोही दिन मतदान पश्चात् मत गणना हुने निर्वाचन समितिले जनाएको छ । मतदान लमहीको सार्वजनिक बगैँचामा हुने भएको छ ।दाङ समाचार
