
Ratbs
Jsbus
Rbs
Csbus
Gsbus
Nssbus7
Gsl
gms
Amb
Bksbus5
Ddhbs
Pbu
Syees
dsbus
Ssbus
syysr

Tsm
Rgu
Sls
Wsp
Bbu
Rgs
Ksm
Pvg
Rgu
Ggd
Asm
Bbbpu
Hal
Ssm
nsb
Vor
Rsb
Gst
Sbs

bbt
Jmb
Syp
Ptm
Abd
Jmb
Gsb
Pls
Rmb
Bml
Rpp
Mks
sab
दाङ । सँगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि बढाएको हो । शनिबार नेपाली काँग्रेस वडा समितीले साबिक सतबरिया गाबिस वडा १ अन्तरगत पर्ने अर्जुन खोला, कमानपुर, बन्गै र हसनापुरलाई समेट्दै टोल समिती गठन गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ मा ३ ओटा टोल समिती गठन गर्ने योजना छ । काँग्रेस प्रतीको आस्था अभिबृद्दी सँगै सिँगो काँग्रेस पार्टीलाई तल्लो स्तरबाटै मजबुत बनाउँदै लैजाने उद्देश्य सहित टोल समिती गठन गर्न लागिएको नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि मोहन गिरीले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले काँग्रेसलाई सही बाटोमा दोहोर्याउँदै सुदृढीकरण तर्फ ढकेल्न टोल समितीको महत्वपुर्ण भुमिका रहने बताए । नेपाली काँग्रेस साबिक सतबरिया गाबिस वडा नम्बर १ टोल समितीको सभापतीमा गुरुचरण चौधरी सर्बसहमती बाट चुनिएका छन् ।
त्यस्तै उपसभापती हरुमा अर्जुन चौधरी र ओम प्रकाश कार्की,सचिबमा कुमोद देबकोटा र अनिल चौधरी, सहसचिबमा मनबहादुर पुन र बिष्णु चौधरी, कोषाध्यक्षमा सृष्टि परियार, सदस्यहरुमा अन्तराम चौधरी, अरबिन्द चौधरी, पहलमान चौधरी, सितारमा चौधरी, देबिराम चौधरी, जगतराम चौधरी र जगराम चौधरी सहित १५ सदस्यिय सहित टोल समिती गठन गरिएको छ ।
नेपाली काँग्रेस लमही नगर ७ नम्बर वडा समितीका सभापती सालिकराम चौधरीको शभापतित्व तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यमा टोल समिती गठन गरिएको हो । वडा समितीका सहसचिब गोबिन्द देबकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ ख का सहसचिब कुलबहादुर बुढा मगर, क्षेत्रिय सदस्य उर्मिला चौधरी, क्षेत्रिय प्रतिनिधि हरु पदम योगी, शेर बहादुर बुढा, जिल्ला महिला सँघकि सचिब लक्ष्मी योगी, पत्रकार मेगमन बुढा लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिब निरञ्जन सिँह ठकुरीले गरेका थिए ।

