टेकबहादुर पुन आइतबार, माघ १६, २०७८

दाङ । सँगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि बढाएको हो । शनिबार नेपाली काँग्रेस वडा समितीले साबिक सतबरिया गाबिस वडा १ अन्तरगत पर्ने अर्जुन खोला, कमानपुर, बन्गै र हसनापुरलाई समेट्दै टोल समिती गठन गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ मा ३ ओटा टोल समिती गठन गर्ने योजना छ । काँग्रेस प्रतीको आस्था अभिबृद्दी सँगै सिँगो काँग्रेस पार्टीलाई तल्लो स्तरबाटै मजबुत बनाउँदै लैजाने उद्देश्य सहित टोल समिती गठन गर्न लागिएको नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि मोहन गिरीले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले काँग्रेसलाई सही बाटोमा दोहोर्याउँदै सुदृढीकरण तर्फ ढकेल्न टोल समितीको महत्वपुर्ण भुमिका रहने बताए । नेपाली काँग्रेस साबिक सतबरिया गाबिस वडा नम्बर १ टोल समितीको सभापतीमा गुरुचरण चौधरी सर्बसहमती बाट चुनिएका छन् ।

त्यस्तै उपसभापती हरुमा अर्जुन चौधरी र ओम प्रकाश कार्की,सचिबमा कुमोद देबकोटा र अनिल चौधरी, सहसचिबमा मनबहादुर पुन र बिष्णु चौधरी, कोषाध्यक्षमा सृष्टि परियार, सदस्यहरुमा अन्तराम चौधरी, अरबिन्द चौधरी, पहलमान चौधरी, सितारमा चौधरी, देबिराम चौधरी, जगतराम चौधरी र जगराम चौधरी सहित १५ सदस्यिय सहित टोल समिती गठन गरिएको छ ।

नेपाली काँग्रेस लमही नगर ७ नम्बर वडा समितीका सभापती सालिकराम चौधरीको शभापतित्व तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यमा टोल समिती गठन गरिएको हो । वडा समितीका सहसचिब गोबिन्द देबकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ ख का सहसचिब कुलबहादुर बुढा मगर, क्षेत्रिय सदस्य उर्मिला चौधरी, क्षेत्रिय प्रतिनिधि हरु पदम योगी, शेर बहादुर बुढा, जिल्ला महिला सँघकि सचिब लक्ष्मी योगी, पत्रकार मेगमन बुढा लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिब निरञ्जन सिँह ठकुरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]