Sidha Patra बुधबार, माघ १२, २०७८

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी हुुनुुभएको हो ।

पराजित हुनुु भएका उमेद्वारहरु दाङका रामदयाल गुप्ताले ३ हजार ३ सय १२, बाँकेका भारती खनाल उपाध्यायले ३ हजार ३ सय ४८ र गुुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ७८ मत ल्याउनुुभएको छ । कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ जना र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता थिए ।

प्रदेशसभा सदस्य सबै ८१ जनाले मतदान गरे भने स्थानिय तहका दुुई जना अनुुस्थित भएपछि २ सय १३ जना प्रमुख उपप्रमुखले मतदान गरेका थिए । लुुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन भएको हो ।

त्यस्तै उता सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी हुनुुभएको हो ।

यस्तै आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरि १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुदै छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]