
Bksbus5
Pbu
Syees
Nssbus7
gms
Amb
dsbus
Ratbs
Ddhbs
Jsbus
Gsbus
Gsl
Rbs
Ssbus
Csbus
syysr

Ssm
Rsb
Pvg
Gst
Rgu
nsb
Sbs
Ggd
Ksm
Rgu
Hal
Vor
Wsp
Sls
Asm
Tsm
Bbu
Rgs
Bbbpu

bbt
Syp
Abd
Gsb
Jmb
sab
Mks
Rpp
Jmb
Rmb
Bml
Ptm
Pls
दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी हुुनुुभएको हो ।
पराजित हुनुु भएका उमेद्वारहरु दाङका रामदयाल गुप्ताले ३ हजार ३ सय १२, बाँकेका भारती खनाल उपाध्यायले ३ हजार ३ सय ४८ र गुुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ७८ मत ल्याउनुुभएको छ । कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ जना र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता थिए ।
प्रदेशसभा सदस्य सबै ८१ जनाले मतदान गरे भने स्थानिय तहका दुुई जना अनुुस्थित भएपछि २ सय १३ जना प्रमुख उपप्रमुखले मतदान गरेका थिए । लुुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन भएको हो ।
त्यस्तै उता सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी हुनुुभएको हो ।
यस्तै आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरि १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुदै छ ।
