Sidha Patra मंगलबार, माघ ११, २०७८

कञ्चनपुर । कञ्चनपुर जिल्ला अन्तरगतको बेदकोट नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रोक्का भएको जमिन फुकुवा भएको छ । धेरै समय पछि राेक्का गरिएकाे जमिन फुकुवा भएपछि त्यहाँका स्थानीय नागरिक हर्षित भएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदको पहलमा उक्त क्षेत्रमा रोक्का गरिएको जमिन फुकुवा गरिएको काङ्ग्रेसका युवा नेता सिरोमणी कुमार ओझाले जानकारी दिनु भयो ।

नेता ओझाका अनुसार यस अघि बेदकोट नगरपालिका वडा नम्बर ७, ८ र ९ वडाहरुमा जमिन नामसारीमा रोक्का भएको थियो । यस्तै सो कार्य रोक्दा त्यहाँका नागरिक मर्कामा परेका थिए । तर अब जग्गा फुकुवा भएपछि साे क्षेत्रका स्थानीय बासी धेरै खुसि भएको नेता ओझाको भनाइ छ ।

वर्तमान समय सुदूरपश्चिमबाट राजनीति क्षेत्रद्वारा युवाहरुको नेतृत्व गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय भएर आफ्नो छुट्टै पहिचान बनाउन सफल एक उर्जाशिल,उदायमान युवा नेता शिरोमणि कुमार ओझाको समन्वय तथा विशेष पहलमा काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री साउदले आम नागरिक र किसानको हकहितका लागि थुप्रै उदाहरणीय कार्यहरु गरिरहनु भएकाे साे क्षेत्रका जनसमुदायको भनाई रहेकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]