
Syees
Gsbus
Bksbus5
Ddhbs
dsbus
Nssbus7
Amb
Jsbus
Ssbus
Ratbs
Csbus
syysr
Rbs
Gsl
gms
Pbu

Tsm
Bbu
Rgu
Asm
Wsp
Gst
Hal
Pvg
Ssm
Ksm
Bbbpu
Rgs
Rsb
Vor
Sbs
Ggd
nsb
Rgu
Sls

Gsb
Ptm
Bml
Rpp
sab
bbt
Rmb
Syp
Jmb
Pls
Mks
Jmb
Abd
काठमाडौं । स्वास्थ्य उपचार गरेर चार महिनापछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् ।
चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।
‘लामो समयको उपचार पश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो,’ प्रचण्डको फेसबुक पेजमा लेखिएको छ । सो भेटमा समसामयिक राजनीतिक अवस्था र पार्टीका कामबारे पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसैगरी नेता पुनले आफ्नो उपचारका लागि गरेको सहयोगप्रति प्रचण्डप्रति आभार प्रकट गरेका थिए । अध्यक्ष प्रचण्डको पहलमा र परराष्ट्र मन्त्रालयको सहयोगमा पूर्वमन्त्री पुन उपचारका लागि सुरुमा बैंकक र त्यसपछि उतैबाट चीन गएका थिए ।
सोमबार बेलुकी चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले आफू अब स्वस्थ्य भएको भन्दै पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका थिए । पार्टीको महासचिव पदका दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।अनलाइनखबर
