
tssbus
Pbu
Ssbus
Ssbus
Sssbus1
Ssbus
Gsl
ssbus
Sssbus1
nsm

Bbbpu
Gst
Pvg
Ggd
Sbs
Ssm
Ksm
nsb
Vor
Rgs
Hal
Asm
Sls
Tsm
Bbu
Rgu
Rsb
Rgu
Wsp

Jmb
Ptm
Pls
sab
bbt
Rpp
Mks
Bml
Rmb
Abd
Gsb
Jmb
Syp
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यलाई विशेष जोड दिएको छ । कोभिड व्यवस्थापन,जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन,विपन्न वर्गलाई शितलहरबाट बचाउन प्रदेश सरकारले बजेट निकासा गरी स्वास्थ्य व्यवस्थापनमा जोड दिएको हो ।
आर्थिक मामिला तथा सहकारी मन्त्रालयले कोभिड कोषको लागि १० करोड, कोभिड विशेष जनशक्ति र व्यवस्थापनको लागि ८ करोड ३५ लाख, जिल्ला अस्पताल सुदृढिकरणको लागि ११ करोड, लुम्बिनी प्रादेशिक अस्पताल जनशक्ति, ए ग्रेड एम्बुलेन्स खरिद र व्यवस्थापनलाई ५ करोड, लुम्बिनी प्रदेशका सबै जिल्लाका विपन्न नागरीकलाई शितलहरबाट बचाउन जिल्ला प्रशासन कार्यालयबाट भुक्तानी हुने गरी ३० लाख गरी ३४ करोड ६५ लाख जनताको स्वास्थ्य व्यवस्थापनमा खर्च गर्न लुम्बिनी सरकारले बजेट निकासा गरेको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बताएका छन् ।
“जनताको स्वास्थ्यमा मुख्य प्राथमिकता दिएका छौं” मन्त्री खड्काले भने “आवश्यकताको आधारमा बजेट थप्दै लगिने छ” । कोभिड विशेषमा खटिएका जनशक्तिको पारिश्रमिक तत्काल उपलव्ध गराउने गरी बजेट निकासा गरिएको मन्त्री खड्काको भनाई छ ।
प्रदेश स्थायी राजधानी राप्ती गाँउपालिका भालुवाङमा प्रदेश सरकारको गुरु योजना निर्माण, प्रदेश सभा भवन निर्माण, प्रदेश सभा सचिवालय व्यवस्थापन लगाएतका निर्माण कार्यको लागि यस अघि नै तेत्तिस करोड बजेट निकासा गरेको मन्त्री खड्काले जानकारी दिए । उल्लेखित बजेटको प्रभावकारी कार्यान्वयनबाट कोभिड नियन्त्रणमा प्रभावकारीता आई स्वास्थ्य सेवा सुदृढीकरण हुनुका साथै प्रदेश राजधानी व्यवस्थापनमा उल्लेख्य उपलब्धी हुने अपेक्षा लिएको देखिन्छ । कामनाडेलि
