दाङ । नेकपा एमाले दाङ जिल्लाका निवर्तमान अध्यक्ष टिकाराम खड्काले समयमा निर्वाचन नभए २०६२/०६३ को जनक्रान्तिको उपलब्धि गुम्ने तर्फ चिन्ता ब्यक्त गरेका छन् ।
खड्काले वर्तमान गठबन्धन सरकार निर्वाचन नगरि सत्तामा टिकि रहन खोज्दा प्राप्त उपलब्धि गुम्न सक्ने तर्फ संकेत गरेका छन् । आगामी २०७९ बैशाख १४ गते कानुनतः स्थानीय सरकारको ५ वर्षे अवधि पुरा हुने र जन निर्वाचित सरकारको वैधता माथि प्रश्न चिन्ह खडा हुने तर्फ चासो ब्यक्त गरेका छन् ।
खड्काले आफ्नो फेसबुक वालमा लेखेका छन् । “स्थानीय सरकार संबिधान र कानुन ऐन बमोजिम निर्वाचन २०७९ बैशाख १४ गते ५ वर्ष पुग्छ । स्थानीय सरकारको अवधि समाप्त हुनेछ । जननिर्वाचित सरकारको बैधानिकता समाप्त हुने छ।गठबन्धन सरकार निर्वाचन नगरि सत्तामा टिकिरहन चाहन्छ किन ? निर्वाचनमा नजाने जनतामा गएर जनादेश लिन नपर्ने कारण केहो बुझ्न सकिएन ।
निर्वाचन नभए संबैधानिक रिक्तता हुनेछ । यस कारण राजनैनिक तथा संबैधानिक अस्थिरता बढ्ने छ । यस प्रकारको अस्थिरताले २०६२/०६३ सालको प्राप्त जनक्रान्तीको उपलब्धि गुम्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुनेछ। संविधान बिपरित निर्वाचन नभए २०५९ सालमा शेर बहादुर देउवाको कारणबाट उत्पन्न संकट दोहोरिने छ । त्यसर्थ समय भित्र स्थानीय निर्वाचन सम्पन्न गर्ने दाहित्व वर्तमान सरकारकै हो । नभागौ है लोकतन्त्र वादी हरु।”