
Rbs
Ssbus
gms
Gsbus
Ratbs
Bksbus5
Ddhbs
syysr
Gsl
Syees
Amb
Pbu
Csbus
Jsbus
dsbus
Nssbus7

Bbbpu
Ggd
Ksm
Gst
Bbu
Vor
Pvg
Ssm
Asm
Wsp
Sls
Rgu
Rsb
Rgu
Rgs
Tsm
nsb
Sbs
Hal

Rpp
sab
Gsb
Mks
Bml
Jmb
Pls
Jmb
Rmb
bbt
Ptm
Abd
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, गहिरामा नेपाली काङ्ग्रेस पार्टी वडा कमिटीको आयोजनामा शुक्रबार माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । वडा पार्टी सभापती धिर बहादुर यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता र पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया निवासी बसन्त बहादुर केसि( खत्री मेडिकल) यस अघि आफू कुनैपनि पार्टीमा नरहेकोले अबदेखि नेपाली काङ्ग्रेसमा प्रवेश गर्न चाहेको भन्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन् । त्यस्तै राजपुर- २,मटेरिया निवासी तेजबहादुर दमाई, राजपुर -२,बालुवा डाँडा निवासी गुरुप्रसाद चौधरी, राजपुर- २,तब्दारपुर निवासी केवल चौधरी र ओमप्रकाश चौधरी गरि जम्मा ५ जनाले कार्यक्रममा उपस्थित भइ नेपाली काङ्ग्रेस पार्टीको सदस्यता प्राप्त गरि टीका लगाई पार्टी प्रवेश गरेका हुन् ।
श्रोतका अनुसार पार्टी प्रवेश गर्ने नव प्रवेशीहरुमा केसी नेकपा एमालेको कार्यकर्ता,ओमप्रकाश चौधरी,केवल चौधरी नेकपा (माओवादी केन्द्र ), गुरुप्रसाद चौधरी नेकपा एमाले समर्थक थिएभने तेजबहादुर केही समय स्वतन्त्र बसेका थिए ।
कार्यक्रममा नव प्रवेशीलाई स्वागत गर्दै केन्द्रीय सदस्य चौधरीले नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र)पार्टीले जनतालाई अलमलमा पार्दै झुटो आश्वासन दिदै हिडेपनि आफू र आफ्नो पार्टीले जनतालाई झुटो आश्वासन नदिएको र जनताको पक्षमा काम गरिरहेको र अब झन तिव्रताकासाथमा काम गर्दै अघि बढ्ने बताउदै राजपुर -२, गहिरा गाउँको उत्तरतर्फ नदिले कटान गरेको स्थानमा छिटो भन्दा छिटो तटबन्धनको काम अघि बढाई गहिरा/ चप्फा गाउँलाई सुरक्षित पार्ने बताउनु भयो ।
माघि मिलन कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत,राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागी रहेको उक्त कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस पार्टी दाङ क्षेत्र नम्बर १ (ख)का सचिव लालविर खडकाले गर्नु भएको थियो ।

