
Ksb
Gsb
Bsn
Rks
Usb
Ksb
Ppu
Nsb
Ksb
Ssb
Csb
Rsb
Tgp
Ssb

Hl1
Tsb
Ssb
Gsb
Usb

Nps
ptl
Rgu
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
बुधबार निगमले एक सुचना सार्वजनिक गरि पेट्रोलियम पदार्थको मुल्य बढेकाे बताएको छ। निगमकाे नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल ३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर बढेकाे छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ९९५ डलर कायम गरि बुधबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको हो ।
एलपी ग्यासको मूल्य भने नबढाएकाे निगमले जनाएको छ। तर विगत देखि अहिलेसम्म निगम घाटामै रहेकाे पनि सुचनामा निगमले उल्लेख गरेकाे छ।
