Sidha Patra बिहिबार, माघ ०६, २०७८

काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताए ।

केही नेताहरुले असन्तुष्टी जनाएका छन् । सामाजिक सञ्जालमा ती असन्तुष्टि देखिएका छन् । त्यस्तो असन्तुष्टि सुनिएपछि प्रचार बिभाग प्रमुख गुरुङले स्पष्ट मापदण्डका आधारमा आयोजक समितिलाई पूर्णता दिइएको स्पष्ट पारे ।

त्यस्तै उनले भने,‘समायोजन र बिभिन्न क्लष्टरबाट मापदण्डका आधारमा छानिएको निर्णयलाई तोडमोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरुले संगठनको स्थापित मूल्य मान्यता, विधि र पद्धतिलाई लत्याउँदै संगठनका असल र ईमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोशिस गरिरहेका छन् । यी र यस्ता हर्कतहरु किमार्थ स्वीकार्य र क्षमा योग्य छैनन्, वास्तविकतालाई आत्मसात गरी संगठनको निर्णय अनुसार संगठनको काममा सक्रिय हुन अनुरोध गर्दछु ।’

यस्तै संघले पोखराबाट महाधिवेशन आयोजक समितिको संयोजकमा किरण पौडेल र सहसंयोजकमा सञ्जीवकुमार झा र क्रान्ति बुर्लाकोटी चयन गरेको छ । यही बैठकबाट उमेर हद नाघेका नेताहरुलाई बिदा दिइएको छ ।

यस्तो छ नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाईएको मापदण्ड–

१. पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।

२. उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३. पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४. नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५. संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६. महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गतः
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित–दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग ९विशेष क्षेत्र० तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला

७. नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०५ मनोनीत ९मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको० र ५५ समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।

८. पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु (लेखा, अनुशासन र निर्वाचन), केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]