
Ssbus
Csbus
dsbus
Amb
Nssbus7
Syees
Gsbus
Rbs
Pbu
Ratbs
syysr
Ddhbs
Bksbus5
gms
Gsl
Jsbus

Bbu
Sls
Vor
Rsb
Ksm
Gst
Rgu
Asm
Wsp
nsb
Ggd
Pvg
Rgu
Ssm
Bbbpu
Tsm
Rgs
Sbs
Hal

Jmb
Mks
Rpp
Ptm
Jmb
Rmb
Bml
Gsb
sab
Abd
Pls
Syp
bbt
काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताए ।
केही नेताहरुले असन्तुष्टी जनाएका छन् । सामाजिक सञ्जालमा ती असन्तुष्टि देखिएका छन् । त्यस्तो असन्तुष्टि सुनिएपछि प्रचार बिभाग प्रमुख गुरुङले स्पष्ट मापदण्डका आधारमा आयोजक समितिलाई पूर्णता दिइएको स्पष्ट पारे ।
त्यस्तै उनले भने,‘समायोजन र बिभिन्न क्लष्टरबाट मापदण्डका आधारमा छानिएको निर्णयलाई तोडमोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरुले संगठनको स्थापित मूल्य मान्यता, विधि र पद्धतिलाई लत्याउँदै संगठनका असल र ईमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोशिस गरिरहेका छन् । यी र यस्ता हर्कतहरु किमार्थ स्वीकार्य र क्षमा योग्य छैनन्, वास्तविकतालाई आत्मसात गरी संगठनको निर्णय अनुसार संगठनको काममा सक्रिय हुन अनुरोध गर्दछु ।’
यस्तै संघले पोखराबाट महाधिवेशन आयोजक समितिको संयोजकमा किरण पौडेल र सहसंयोजकमा सञ्जीवकुमार झा र क्रान्ति बुर्लाकोटी चयन गरेको छ । यही बैठकबाट उमेर हद नाघेका नेताहरुलाई बिदा दिइएको छ ।
यस्तो छ नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाईएको मापदण्ड–
१. पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।
२. उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
३. पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
४. नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
५. संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
६. महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गतः
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित–दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग ९विशेष क्षेत्र० तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला
७. नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०५ मनोनीत ९मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको० र ५५ समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।
८. पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु (लेखा, अनुशासन र निर्वाचन), केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।
