टेकबहादुर पुन शुक्रबार, जेठ ०२, २०७७

दाङ । लमही नगरपालिका वडा नम्बर २ रनियापुर निवासी  ओम प्रकाश चौधरी दैनिक अरुको मजदुरी गरेर परिवार पाल्दै आईरहेका छन् ।उनी २ बर्ष अघि बिदेशमा पनि सोचेजस्तो आम्दानी नभएपछी घर फर्किएका हुन् । उनका २ छोराछोरी गरि ४ जनाको परिवार छ । दैनिक मजदुर गरेर पेट पाल्ने चौधरीको परिवारलाई त ‘लकडाउन’ निल्नु न अोकल्नु भयो । काम गरौँ भने लकडाउनले गर्दा काम छैन, अन्नपात उब्जाउँ भने घरबास मात्र छ । उनलाई अहिले साँझ बिहानको छाक टार्नपनि हम्य हम्य परेको छ । उनी भन्छन् वडा सरकारले राहात स्वरुप दिएको खाद्यान्न पनि सकियो, वडा कार्यालयले पनि कति थेग्न सकोस् ।उनका परिवार जस्तै सयौँ छन् त्यहाँ ।

तिनै अति बिपन्न तथा मजदुरका परिवारको भोको पेट भर्न लमही नगरपालिका वडा नम्बर २ को कार्यालयले छलफल चलायो । छलफलले बिकाश निर्माणका काम शुरु गर्ने र मजदुरको परिवारको पहिचान गरि सोही काममा लगाउने निष्कर्स निकाल्यो । परिश्रम गरे बाफत पाउने पारिश्रमिकबाट आबस्यक्ता अनुसार खाद्यान्न तथा नगद प्रदान गर्ने योजना पनि बनायो । त्यही योजना अनुरुप बनकट्टाको झोलँगेपुलबाट श्री माध्यमिक बिद्यालय सोनपुर हुँदै दामोदर रोड जोड्ने करिब २ किलोमिटर बाटो चख्ल्याउने काम भईरहेको छ ।डेढ मिटर मात्र चौडा रहेको साघुँरो बाटोलाई ८ मिटर चौडा गर्नेगरी शुक्रबारबाट काम शुरु भएको छ । सोनपुर, बनकट्टा र रनियापुरका करिब १ सय जना बिपन्न तथा मजदुरका परिवार अहिले त्यही बाटो चख्ल्याउने काममा ब्यस्त छन् । हातमा कोदाली, फरुवा, बेल्चा, बाल्टी, पराँट लिएर उनिहरु बाटो चख्ल्याउने काममा लागेका हुन् । उनिहरुले परिश्रम गरे बाफत अबश्यक्ता अनुसार दैनिक ६ सय रुपैयाका दरले खाद्यान्न अथवा नगद पाउने छन् ।उनिहरु भन्छन् लकडाउनले गर्दा काम नपाएर भोक टार्न नै मुस्किल परेको बेला वडा कार्यालयले ठूलो गुण लगायो, वडाध्यक्षलाई धन्यबाद छ ।

बनकट्टा निवासी ५० बर्षिय दिलकुमारी चौधरी पनि हातमा फरुवा लिएर काममा ब्यस्त देखिईन । उनी भन्छिन् सानैदेखी फरुवा कोदालोमा रमाईयो, लकडाउनले केही गर्न पाईएन, घरमा रासन पानी पनि सकियो, काममा बानी परेको शरिर, करिब २ महिना पछी काम गर्नपाउँदा खुसी लागेको छ । त्यस्तै सोनपुर निवासी हेमा चौधरीले पनि राहात स्वरुप काम दिएर लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन । ‘बानी परेको शरीर, काम नगर्दा त कस्तो कस्तो लाग्ने रहेछ हेमाले भनिन्-यस्तो फुर्सदिलो त कहिल्यै भईएन, के गरम् गरम् हुन्थ्यो । उनले भोको पेट भर्न रोजगार दिलाउने वडाध्यक्षलाई धन्यबाद ज्ञापन गरिन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतको ४ लाख ५० हजार रुपैयामा बाटो चख्ल्याउने काम शुरु भएको हो । स्थानिय टोलबिकाश सँस्थाका अध्यक्षहरु कालिप्रसाद चौधरी र अमित कुमार चौधरीको नेतृत्वमा बाटो निर्माण कार्य धमाधम शुरु भएको छ । करिब ६ दिनमा २ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष रहेको टोलबिकाश संस्थाका अध्यक्षहरुले जनाए ।यति झन्झटिलो गर्नु भन्दा जेसिबि र ट्याक्टर प्रयोग गरेर बढिमा २ दिनमै कामलाई रफादफा गर्न सकिन्थ्यो ।तर वडाध्यक्ष नेपालु चौधरीले यो सोचेनन् । उनले काम नपाएर भोकभोकै छट्पटाउने अबस्था श्रृजना हुन थालेपछी योजनाका कामलाई राहात बनाएका हुन् । मजदुरहरुपनि काम गर्न पाउँदा खुसी देखिन्थे ।त्यसो त वडा कार्यालयले बिपत ब्यबस्थापनको ५ लाख रुपैया र स्थानिय मनकारी सहयोगी दाताहरुले दिएको राहातबाट पाँच अौँ चरण सम्म खाद्यान्न बितरण गरिसकेको छ । तर सधै बाँडेर मात्र सम्भव नभएकोले राहात पनि हुने र बिकाश पनि हुने भन्दै रोजगार दिलाएको वडाध्यक्ष नेपालु चौधरीले बताए । उनले लकडाउन अझै लम्बिने सम्भाबना देखेपछी अँधुरा अपुरा योजनाका कामपनि शुरु गरेर रोजगार दिने योजना बनाएका छन् । १ घर १ रोजगार भन्दै उनले अति बिपन्न तथा मजदुरका परिवारको आफै सहि पहिचान गरि काममा लगाएको जानकारी दिए । परिश्रम गरे बाफत आबस्यक्ता अनुसार हामीले नगद पनि प्रदान गर्नेछौ किनकि खेतीको सिजन छ, कसैले धान किन्नु छत कसैले मकैको बीउ! वडाध्यक्ष चौधरीले भने-पैशा नहुने परिवारले कसरी किन्छ र ?

 

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]