
Rbs
Pbu
Gsl
dsbus
Ssbus
Nssbus7
Csbus
Bksbus5
gms
syysr
Syees
Amb
Ratbs
Gsbus
Ddhbs
Jsbus

Bbu
Vor
Ssm
Sls
Pvg
Gst
Rsb
Asm
Rgs
Ggd
Rgu
Bbbpu
nsb
Ksm
Sbs
Rgu
Tsm
Hal
Wsp

Ptm
Syp
Rpp
Mks
bbt
Abd
Bml
Jmb
sab
Rmb
Gsb
Pls
Jmb
दाङ । लमही नगरपालिका वडा नम्बर २ रनियापुर निवासी ओम प्रकाश चौधरी दैनिक अरुको मजदुरी गरेर परिवार पाल्दै आईरहेका छन् ।उनी २ बर्ष अघि बिदेशमा पनि सोचेजस्तो आम्दानी नभएपछी घर फर्किएका हुन् । उनका २ छोराछोरी गरि ४ जनाको परिवार छ । दैनिक मजदुर गरेर पेट पाल्ने चौधरीको परिवारलाई त ‘लकडाउन’ निल्नु न अोकल्नु भयो । काम गरौँ भने लकडाउनले गर्दा काम छैन, अन्नपात उब्जाउँ भने घरबास मात्र छ । उनलाई अहिले साँझ बिहानको छाक टार्नपनि हम्य हम्य परेको छ । उनी भन्छन् वडा सरकारले राहात स्वरुप दिएको खाद्यान्न पनि सकियो, वडा कार्यालयले पनि कति थेग्न सकोस् ।उनका परिवार जस्तै सयौँ छन् त्यहाँ ।
तिनै अति बिपन्न तथा मजदुरका परिवारको भोको पेट भर्न लमही नगरपालिका वडा नम्बर २ को कार्यालयले छलफल चलायो । छलफलले बिकाश निर्माणका काम शुरु गर्ने र मजदुरको परिवारको पहिचान गरि सोही काममा लगाउने निष्कर्स निकाल्यो । परिश्रम गरे बाफत पाउने पारिश्रमिकबाट आबस्यक्ता अनुसार खाद्यान्न तथा नगद प्रदान गर्ने योजना पनि बनायो । त्यही योजना अनुरुप बनकट्टाको झोलँगेपुलबाट श्री माध्यमिक बिद्यालय सोनपुर हुँदै दामोदर रोड जोड्ने करिब २ किलोमिटर बाटो चख्ल्याउने काम भईरहेको छ ।डेढ मिटर मात्र चौडा रहेको साघुँरो बाटोलाई ८ मिटर चौडा गर्नेगरी शुक्रबारबाट काम शुरु भएको छ ।
सोनपुर, बनकट्टा र रनियापुरका करिब १ सय जना बिपन्न तथा मजदुरका परिवार अहिले त्यही बाटो चख्ल्याउने काममा ब्यस्त छन् । हातमा कोदाली, फरुवा, बेल्चा, बाल्टी, पराँट लिएर उनिहरु बाटो चख्ल्याउने काममा लागेका हुन् । उनिहरुले परिश्रम गरे बाफत अबश्यक्ता अनुसार दैनिक ६ सय रुपैयाका दरले खाद्यान्न अथवा नगद पाउने छन् ।उनिहरु भन्छन् लकडाउनले गर्दा काम नपाएर भोक टार्न नै मुस्किल परेको बेला वडा कार्यालयले ठूलो गुण लगायो, वडाध्यक्षलाई धन्यबाद छ ।
बनकट्टा निवासी ५० बर्षिय दिलकुमारी चौधरी पनि हातमा फरुवा लिएर काममा ब्यस्त देखिईन । उनी भन्छिन् सानैदेखी फरुवा कोदालोमा रमाईयो, लकडाउनले केही गर्न पाईएन, घरमा रासन पानी पनि सकियो, काममा बानी परेको शरिर, करिब २ महिना पछी काम गर्नपाउँदा खुसी लागेको छ । त्यस्तै सोनपुर निवासी हेमा चौधरीले पनि राहात स्वरुप काम दिएर लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन ।
‘बानी परेको शरीर, काम नगर्दा त कस्तो कस्तो लाग्ने रहेछ हेमाले भनिन्-यस्तो फुर्सदिलो त कहिल्यै भईएन, के गरम् गरम् हुन्थ्यो । उनले भोको पेट भर्न रोजगार दिलाउने वडाध्यक्षलाई धन्यबाद ज्ञापन गरिन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतको ४ लाख ५० हजार रुपैयामा बाटो चख्ल्याउने काम शुरु भएको हो । स्थानिय टोलबिकाश सँस्थाका अध्यक्षहरु कालिप्रसाद चौधरी र अमित कुमार चौधरीको नेतृत्वमा बाटो निर्माण कार्य धमाधम शुरु भएको छ । करिब ६ दिनमा २ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष रहेको टोलबिकाश संस्थाका अध्यक्षहरुले जनाए ।यति झन्झटिलो गर्नु भन्दा जेसिबि र ट्याक्टर प्रयोग गरेर बढिमा २ दिनमै कामलाई रफादफा गर्न सकिन्थ्यो ।तर वडाध्यक्ष नेपालु चौधरीले यो सोचेनन् । उनले काम नपाएर भोकभोकै छट्पटाउने अबस्था श्रृजना हुन थालेपछी योजनाका कामलाई राहात बनाएका हुन् । मजदुरहरुपनि काम गर्न पाउँदा खुसी देखिन्थे ।
त्यसो त वडा कार्यालयले बिपत ब्यबस्थापनको ५ लाख रुपैया र स्थानिय मनकारी सहयोगी दाताहरुले दिएको राहातबाट पाँच अौँ चरण सम्म खाद्यान्न बितरण गरिसकेको छ । तर सधै बाँडेर मात्र सम्भव नभएकोले राहात पनि हुने र बिकाश पनि हुने भन्दै रोजगार दिलाएको वडाध्यक्ष नेपालु चौधरीले बताए । उनले लकडाउन अझै लम्बिने सम्भाबना देखेपछी अँधुरा अपुरा योजनाका कामपनि शुरु गरेर रोजगार दिने योजना बनाएका छन् । १ घर १ रोजगार भन्दै उनले अति बिपन्न तथा मजदुरका परिवारको आफै सहि पहिचान गरि काममा लगाएको जानकारी दिए । परिश्रम गरे बाफत आबस्यक्ता अनुसार हामीले नगद पनि प्रदान गर्नेछौ किनकि खेतीको सिजन छ, कसैले धान किन्नु छत कसैले मकैको बीउ! वडाध्यक्ष चौधरीले भने-पैशा नहुने परिवारले कसरी किन्छ र ?
