
Lnp
cjs
Unsku
Djs
Pes
Sgr
Ggp
Rgp
Srbpu
Pbu
Gfs
sbs
pku
Rgp1

Bbbpu
Hal
Rgs
Ssm
Ggd
Sls
Rgu
Rsb
Vor
Tsm
nsb
Rgu
Wsp
Gst
Sbs
Pvg
Ksm
Bbu
Asm

sab
Pls
Rpp
Gsb
bbt
Bml
Mks
Syp
Abd
Rmb
Jmb
Jmb
Ptm
गुल्मी । मौसमी पल अनुसार काफल पनि एक स्वादिलो फल हो । यस फलको बारेमा कलाकारहरु पनि गीत लेखेका थिए । काफलको बारेमा लेखिएको गीत ‘बनको काफल बनकै चरीलाई’ यसवर्ष गीतमा भनेजस्तै भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न लक डाउनले गर्दा साच्चै नै बनको कफल बनको चरीलाई भएको छ ।
काफल टिपेर बजार ल्याउनेहरु लक डाउनले बन्देजमा छन । त्यसैले पनि काफल बनकै चरीलाई भएको छ । अघिल्लो वर्ष यति बेला तम्घास बजारमा बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिने गर्दथे । तर यस वर्ष चैत ११ गतेबाट चलेको लक डाउनको कारणले ती मानिसहरु देख्न पाइदैन् । यति बेला ति मानिसहरुलाई जंगलबाट काफल टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई हुने गर्दथ्यो । राम्रो आम्दानी बेच्नको निम्ति कुनै समस्या नपर्ने भएपछि अहिले धेरैले काफल बेच्न बजारमा ल्याउने गर्दर्थे । तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको दिनहुँ एउटा जमात आउने गर्दर्थे । काफल बेचेरै दैनिक ३ हजार देखि वढि कमाउने गरेको पाइन्थ्यो । एउटै ब्यक्तीले दैनिक ८ पाथी भन्दा वढि काफल ल्याएर बेच्ने गरेका थिए । कतिपयले घर छेउमा र जंगलबाट काफल टिपेर ल्याएर बेच्ने गर्दर्थे । बजारमा ल्याएपछि काफल बेच्न धेरै बेर कुर्न नपर्ने नगदै पैसा पाइने भएपछि काफल बेच्नको लागि धेरैले ल्याउने गर्दर्थे । स–साना स्कुल पढने देखि बृद्धहरु पनि काफल बेच्न सदरमुकाम आउने गर्दर्थेसामान्य चिया गिलासको ५० रुपौयाँ देखि यसको बिक्री गरेको पाइन्छ । यो फल अरु फल जस्तो कुनै दररेट नभएकाले बेच्नेहरुमा पनि भर पर्दछ । काफल बेच्न ल्याउनेहरु यति बेला सामान्य पनि १ हजार देखि ३, देखि ४ हजारसम्म कमाउने गरेको अधिल्लो वर्षका काफल बेच्नेहरुको भनाई थियो । कहि किन्न नपर्ने सजिलै जंगलमा पाइने यो फल खानको निम्ति निकै स्वादिलो मानिन्छ । फलफुल मध्येकै मिठो स्वादिलो फल मध्ये काफल पर्दछ । यसको बिशेषगरि व्यवसायिक रुपमा कसैले खेती गरेको पाइदैन् । जंगलमा आफै उम्रेका बोट काफल फल्ने गर्दछन् । काफल उच्च पहाडी तथा हिमाली चिसियान भएको ठाउँमा फल्ने फल हो । यो फल फागुनबाट जेठको दोस्रो साता सम्म पाउन सकिन्छ । तल्लो केहि मध्य गर्मी हुने स्थानमा हुने गरेतापनि खासगरि यो फल उच्च हिमाली र पहाडी चियान हुने जंगलमा प्रयाप्त मात्रामा पाइन्छ । कतिपयको घर छेउमा एकाद मात्रामा यो पलका बोटहरु भएतापनि खासगरि जंगलमा पाइन्छ । जेठ महिनाको गर्मी समयसँगै यतिबेला उच्च पहाडी भेगमा काफलको सिजन मध्य भागमा पुगेको छ । गाउँघरमा यतिबेला जंगलमा काफल टिप्नको निम्ति दिनहुँ जंगल पुग्ने गर्दछन् । ति काफल यतिबेला शहरबजार बेच्नेहरुको लर्को चल्छ । अरु फलपुल जस्तै यो पनि एउटा महत्वपूर्ण फलफुल हो । यो फलसँगै यसका पनि बिशेषहरु धेरै छन् । यो फलको बोटको बोक्राबाट बिभिन्न औषधीहरुको प्रयोग पाइन्छ । काफल फलाई यतिबेला चराले पनि गाउँघरका छेउमा आएर काफल पाक्यो भन्ने गरेको सुनिन्छ । जब जंगलमा काफल पाकेर रातै हुन्छ तब चराले पनि काफल पाक्यो भन्दै हिडेको आवाज निकालेको हामीले दैनिक सुन्ने गरिन्छ । काफल पाक्यो चराले भन्दै गर्दा रमाइलो पनि गर्ने गरेको पाइन्थ्यो । सानो छदा चराले काफल पाक्यो मात्रै होइन कहाँ पाक्यो, कति टिपिस, मलाई खैतो भन्दा चराले उत्तर दिन्छ भनेर रमाउने गरेको एउटा रमाइलो छेड पनि यससँग जोडिएको पाइन्छ । चराले निरन्तर काफल पाक्यो भन्ने गरेतापनि हामीले काफल पाक्यो भन्दा कहाँ पाक्यो चराले ओखल ढुगां, कति टिपिस भन्दा मान पाथी र मलाई खैतो भन्दा इत्ती लातो जस्ता चरासँग खेलेको रमाइलो भनाई पाइन्छ । काफल चराले मात्रै होइन कलाकारले पनि दर्जनौ गीत बनाएका छन् । चलचित्र, देखिलोक गीत सम्मका गीतहरु काफलकै नाम जोडेर बनाएको पाइन्छ । ‘बनको काफल बनकै चरीलाई’, ‘कापल पोकेको’, ‘काफल गेडी कुटुकै’ लगायत धेरै गीतहरु काफलसँग सम्बन्धीत छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा यो फल पाएता पनि गुल्मी जिल्लामा पनि धेरै ठाउँमा पाइन्छ । बिशेषगरि तल्लो गर्मी हुने स्थानमा केहि मात्रामा भएतापनि उच्च भागहरु रेसुङ्गा,अर्जुन,धुर्कोट, मदाने, लगायत उच्च भागमा प्रयाप्त मात्रामा काफल पाइन्छ ।
गुल्मी जिल्लामा पनि धेरै ठाउँमा काफलका जंगलहरु रहेका छन् । काफल बेच्नेहरुको लागि बोटमा चढेर टिप्नको निम्ति समय लाग्ने गरेता पनि यसको निम्ति अरु मुल्य तिर्नु पर्दैन । बिक्री गर्न कुनैसमस्या नपर्ने तुरुन्तै बिक्ने भएकाले पनि यतिबेला यो फल बेच्न ल्याउनेहरु धरै भेटिन्छन् ।
