अनिल खत्री शुक्रबार, जेठ ०२, २०७७

गुल्मी । मौसमी पल अनुसार काफल पनि एक स्वादिलो फल हो । यस फलको बारेमा कलाकारहरु पनि गीत लेखेका थिए । काफलको बारेमा लेखिएको गीत ‘बनको काफल बनकै चरीलाई’ यसवर्ष गीतमा भनेजस्तै भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न लक डाउनले गर्दा साच्चै नै बनको कफल बनको चरीलाई भएको छ ।

काफल टिपेर बजार ल्याउनेहरु लक डाउनले बन्देजमा छन । त्यसैले पनि काफल बनकै चरीलाई भएको छ । अघिल्लो वर्ष यति बेला तम्घास बजारमा बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिने गर्दथे । तर यस वर्ष चैत ११ गतेबाट चलेको लक डाउनको कारणले ती मानिसहरु देख्न पाइदैन् । यति बेला ति मानिसहरुलाई जंगलबाट काफल टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई हुने गर्दथ्यो । राम्रो आम्दानी बेच्नको निम्ति कुनै समस्या नपर्ने भएपछि अहिले धेरैले काफल बेच्न बजारमा ल्याउने गर्दर्थे । तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको दिनहुँ एउटा जमात आउने गर्दर्थे । काफल बेचेरै दैनिक ३ हजार देखि वढि कमाउने गरेको पाइन्थ्यो । एउटै ब्यक्तीले दैनिक ८ पाथी भन्दा वढि काफल ल्याएर बेच्ने गरेका थिए । कतिपयले घर छेउमा र जंगलबाट काफल टिपेर ल्याएर बेच्ने गर्दर्थे । बजारमा ल्याएपछि काफल बेच्न धेरै बेर कुर्न नपर्ने नगदै पैसा पाइने भएपछि काफल बेच्नको लागि धेरैले ल्याउने गर्दर्थे । स–साना स्कुल पढने देखि बृद्धहरु पनि काफल बेच्न सदरमुकाम आउने गर्दर्थेसामान्य चिया गिलासको ५० रुपौयाँ देखि यसको बिक्री गरेको पाइन्छ । यो फल अरु फल जस्तो कुनै दररेट नभएकाले बेच्नेहरुमा पनि भर पर्दछ । काफल बेच्न ल्याउनेहरु यति बेला सामान्य पनि १ हजार देखि ३, देखि ४ हजारसम्म कमाउने गरेको अधिल्लो वर्षका काफल बेच्नेहरुको भनाई थियो । कहि किन्न नपर्ने सजिलै जंगलमा पाइने यो फल खानको निम्ति निकै स्वादिलो मानिन्छ । फलफुल मध्येकै मिठो स्वादिलो फल मध्ये काफल पर्दछ । यसको बिशेषगरि व्यवसायिक रुपमा कसैले खेती गरेको पाइदैन् । जंगलमा आफै उम्रेका बोट काफल फल्ने गर्दछन् । काफल उच्च पहाडी तथा हिमाली चिसियान भएको ठाउँमा फल्ने फल हो । यो फल फागुनबाट जेठको दोस्रो साता सम्म पाउन सकिन्छ । तल्लो केहि मध्य गर्मी हुने स्थानमा हुने गरेतापनि खासगरि यो फल उच्च हिमाली र पहाडी चियान हुने जंगलमा प्रयाप्त मात्रामा पाइन्छ । कतिपयको घर छेउमा एकाद मात्रामा यो पलका बोटहरु भएतापनि खासगरि जंगलमा पाइन्छ । जेठ महिनाको गर्मी समयसँगै यतिबेला उच्च पहाडी भेगमा काफलको सिजन मध्य भागमा पुगेको छ । गाउँघरमा यतिबेला जंगलमा काफल टिप्नको निम्ति दिनहुँ जंगल पुग्ने गर्दछन् । ति काफल यतिबेला शहरबजार बेच्नेहरुको लर्को चल्छ । अरु फलपुल जस्तै यो पनि एउटा महत्वपूर्ण फलफुल हो । यो फलसँगै यसका पनि बिशेषहरु धेरै छन् । यो फलको बोटको बोक्राबाट बिभिन्न औषधीहरुको प्रयोग पाइन्छ । काफल फलाई यतिबेला चराले पनि गाउँघरका छेउमा आएर काफल पाक्यो भन्ने गरेको सुनिन्छ । जब जंगलमा काफल पाकेर रातै हुन्छ तब चराले पनि काफल पाक्यो भन्दै हिडेको आवाज निकालेको हामीले दैनिक सुन्ने गरिन्छ । काफल पाक्यो चराले भन्दै गर्दा रमाइलो पनि गर्ने गरेको पाइन्थ्यो । सानो छदा चराले काफल पाक्यो मात्रै होइन कहाँ पाक्यो, कति टिपिस, मलाई खैतो भन्दा चराले उत्तर दिन्छ भनेर रमाउने गरेको एउटा रमाइलो छेड पनि यससँग जोडिएको पाइन्छ । चराले निरन्तर काफल पाक्यो भन्ने गरेतापनि हामीले काफल पाक्यो भन्दा कहाँ पाक्यो चराले ओखल ढुगां, कति टिपिस भन्दा मान पाथी र मलाई खैतो भन्दा इत्ती लातो जस्ता चरासँग खेलेको रमाइलो भनाई पाइन्छ । काफल चराले मात्रै होइन कलाकारले पनि दर्जनौ गीत बनाएका छन् । चलचित्र, देखिलोक गीत सम्मका गीतहरु काफलकै नाम जोडेर बनाएको पाइन्छ । ‘बनको काफल बनकै चरीलाई’, ‘कापल पोकेको’, ‘काफल गेडी कुटुकै’ लगायत धेरै गीतहरु काफलसँग सम्बन्धीत छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा यो फल पाएता पनि गुल्मी जिल्लामा पनि धेरै ठाउँमा पाइन्छ । बिशेषगरि तल्लो गर्मी हुने स्थानमा केहि मात्रामा भएतापनि उच्च भागहरु रेसुङ्गा,अर्जुन,धुर्कोट, मदाने, लगायत उच्च भागमा प्रयाप्त मात्रामा काफल पाइन्छ ।

गुल्मी जिल्लामा पनि धेरै ठाउँमा काफलका जंगलहरु रहेका छन् । काफल बेच्नेहरुको लागि बोटमा चढेर टिप्नको निम्ति समय लाग्ने गरेता पनि यसको निम्ति अरु मुल्य तिर्नु पर्दैन । बिक्री गर्न कुनैसमस्या नपर्ने तुरुन्तै बिक्ने भएकाले पनि यतिबेला यो फल बेच्न ल्याउनेहरु धरै भेटिन्छन् ।

 

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]