Sidha Patra आइतबार, माघ ०२, २०७८

काठमाडौं । रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ ।

वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशन बिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

त्यस्तै उक्त फाउण्डेशनले चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणारम्भ गरेको थियो । फाउण्डेशनले दातृ निकाय, विदेशमा रहेका नेपाली श्रमिक तथा सरकारकाबाट रकम उठाएर रंगशाला निर्माण गर्ने प्रयास गरेपनि निर्माण सम्पन्न गर्न भने सकेको छैन ।

वेदप्रसाद भण्डारीले निर्माणाधीन रंगशालामा विभिन्न निकायबाट उठाइएको रकम बराबरको खर्च नगरिएकोले भ्रष्ट्राचार गरेको भन्दै उजुरी दिएका हुन् । हाल प्राप्त उजुरी अख्तियारमा दर्ता भइसकेको जनाइएको छ । अब अनुसन्धानसमेत तत्काल हुने अख्तियारले जनाएको छ । हालसम्म रंगशाला निर्माणको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै सम्पन्न भएको छ । तर उता फाउण्डेशनले भने हालसम्म रंगशाला निर्माणका लागि ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको विवरण प्रस्तुत गरेको छ । डिपीआर तयार गर्दा रंगशालालको निर्माण खर्च करिब ३ अर्ब लागतमा निर्माण हुने अनुमान गरिएको थियो ।

त्यसका साथै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले रंगशाला निर्माणका लागि आश्वसन अनुसार सहयोग नभएको भन्दै १७ करोड ऋण लागिसकेको बताउदै आएका छन् । फाउण्डेसनले रंगशाला निर्माणको गन नसकेको भन्दै स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गर्दै आएको छ ।न्युज ट्वान्टीफोर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]