
syysr
Ssbus
Syees
Gsbus
Amb
Ddhbs
Pbu
Bksbus5
Ratbs
Rbs
Jsbus
dsbus
Nssbus7
Gsl
gms
Csbus

Gst
Rsb
Wsp
Sls
Rgu
Ssm
Hal
nsb
Ggd
Ksm
Pvg
Rgu
Vor
Bbu
Asm
Rgs
Sbs
Bbbpu
Tsm

sab
Mks
Pls
bbt
Abd
Ptm
Gsb
Syp
Jmb
Bml
Rpp
Rmb
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा पृथ्वी जयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ ।
आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरियाको विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र,अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य श्याम कुमार मिश्र, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, हिन्दू युवा शक्ति कृष्णनगर अध्यक्ष विकास चतुर्वेदी, शिवसेना नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुङगाना, लगायत अन्य अतिथिहरू रहेका थिए ।
जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन् । साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए । राप्रपा कृष्णनगर पार्टी कर्यालय बाट बाजागाजाका साथ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दू राष्ट्र कायम गर, संघियता खारेज गर जस्ता नारा लगाउदै लिंक गेट हुदै बजार परिक्रमा गरि गोलघरमा सभा भएको थियो ।
कृष्णनगर कार्यपालिका सदस्य सुनिल कुमार मोदनवाल लगायत कार्यक्रममा विभिन्न पर्टी परित्याग गरि सयौं जना राप्रपामा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका समर्थक नेता तथा कार्यकर्ता, शिवसेना, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो । कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नु भएको थियो ।
