अजय मिश्र/कपिलवस्तु मंगलबार, पौष २७, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा पृथ्वी जयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ ।

आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरियाको विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र,अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य श्याम कुमार मिश्र, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, हिन्दू युवा शक्ति कृष्णनगर अध्यक्ष विकास चतुर्वेदी, शिवसेना नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष भिष्मराज ढुङगाना, लगायत अन्य अतिथिहरू रहेका थिए ।

जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन् । साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए । राप्रपा कृष्णनगर पार्टी कर्यालय बाट बाजागाजाका साथ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दू राष्ट्र कायम गर, संघियता खारेज गर जस्ता नारा लगाउदै लिंक गेट हुदै बजार परिक्रमा गरि गोलघरमा सभा भएको थियो ।

कृष्णनगर कार्यपालिका सदस्य सुनिल कुमार मोदनवाल लगायत कार्यक्रममा विभिन्न पर्टी परित्याग गरि सयौं जना राप्रपामा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका समर्थक नेता तथा कार्यकर्ता, शिवसेना, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो । कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला सचिव प्रेम शंकर शुक्लले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]