
Bksbus5
Nssbus7
gms
Gsbus
Rbs
Syees
Ssbus
Gsl
Amb
Ratbs
Pbu
Csbus
syysr
Ddhbs
Jsbus
dsbus

Bbu
Hal
Rgs
Bbbpu
Sls
Rsb
nsb
Wsp
Sbs
Gst
Ksm
Tsm
Asm
Rgu
Ggd
Pvg
Vor
Ssm
Rgu

Rpp
Gsb
Abd
Bml
Jmb
Jmb
bbt
Rmb
Pls
Ptm
Syp
Mks
sab
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन पुस २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा लिँदै राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेका हुन् ।
लिङ्देनले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वादविवाद र सिद्धान्तभन्दा माथि राखेर उहाँको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट पुग्दैन तसर्थ, आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।’
साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नसमेत राप्रपाले सरकारसँग माग गरेको छ । यसअघि २०७४ सालमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने भनी गरेको निर्णय उपयुक्त रहेको भए पनि निरन्तरता पाउन नसकेको भन्दै अध्यक्ष लिङ्देनले सार्वजनिक बिदा दिन माग गरे ।अनलाइनखबर
