
Nssbus7
Bksbus5
Gsbus
Ssbus
Ratbs
dsbus
Ddhbs
Syees
Csbus
Rbs
Amb
gms
Jsbus
Gsl
syysr
Pbu

nsb
Bbbpu
Tsm
Asm
Sbs
Rsb
Ksm
Ggd
Pvg
Hal
Rgs
Bbu
Wsp
Vor
Rgu
Rgu
Ssm
Sls
Gst

Gsb
Bml
bbt
Syp
Pls
Mks
Abd
Rmb
sab
Jmb
Ptm
Rpp
Jmb
दाङ । जनता समाजवादी पार्टी दाङ जिल्लाको जनवर्गीय समाजवादी दलित मुक्ति संगठनको प्रथम भेला बैठक मंगलबार लमहीमा सम्पन्न भएको छ ।
जसपा दाङ जिल्लाका उपाध्यक्ष जगतराम यादवको अध्यक्षता तथा संघीय परिषदका सदस्य टोपबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले आइतराम कामीको अध्यक्षतामा १५ सदस्य समितिको पुनर्गठन गरेको हो ।
जसको उपाध्यक्षमा देव बहादुर नेपाली,टीका नेपाली,सचिवमा जोगेन्द्र साहु,कोषाध्यक्षमा गंगाराम सुनार,सहसचिवमा शान्ति बि.क गरि १५ जनाको जिल्ला कार्यसमिति चयन गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।
त्यस्तै उक्त बैठकमा जसपाका संघीय परिषद सदस्य टोपबहादुर कार्की,लुम्बिनी प्रदेशका सदस्य एकराज चौधरी,जिल्ला इन्चार्ज भरतलाल चौधरी,दलित मुक्ति संगठन लुम्बिनी प्रदेशका मुख्य सचिव आइतराम कामी लगायतकाले बोल्नु भएको थियो भने बैठक कार्यक्रमको संचालन दाङ जिल्ला सचिव लक्ष्मी चौधरीले गर्नु भएको थियो ।
यसैगरी पार्टीका दाङ जिल्ला सचिव चौधरीका अनुसार अब दाङका दश वटै स्थानीय तहको नगर,गाउँपालिका र एक सय वटा वडामा समाजवादी दलित मुक्ति संगठन गठन गरेर पार्टीलाई दिगो रुपले संचालन गर्ने योजना रहेको सिधा-पत्रलाई बताउनु भयो ।

