
Nssbus7
Csbus
Gsl
Amb
Rbs
gms
Bksbus5
Ratbs
Ssbus
Syees
syysr
Pbu
dsbus
Jsbus
Gsbus
Ddhbs

Bbu
Rgs
Pvg
Wsp
Bbbpu
Asm
Gst
Tsm
Rgu
Ssm
Ggd
Sbs
Sls
nsb
Rgu
Vor
Hal
Rsb
Ksm

Bml
Mks
Abd
Pls
bbt
Gsb
Jmb
Ptm
Rmb
Jmb
Rpp
Syp
sab
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार सरकारी निवास बालुवाटारमा काङ्ग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । २०५८ सालमा तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा प्रधानमन्त्री भएकै बेला विभिन्न बस्तीका नागरिकहरुलाई विस्थापित गरिएको थियो। विस्थापनाको २० वर्षसम्म पनि पुनर्स्थापना नभएपछि पीडितहरु राज्यलाई दबाब दिन फेरि एकपटक राजधानी काठमाडौं आएका छन्।
त्यस्तै यो २० वर्षमा पटक पटक समस्या समाधान आयोग बने पनि ठोस प्रगति हुन सकेन। पछिल्लो ३०औं आयोगले पीडितलाई १० कट्टा जमिन र क्षतिपूर्ति दिन सुझाव दिएको थियो। तर सो प्रतिवेदन वन मन्त्रालयबाट अघि बढेको छैन । यसक्रममा काठमाडौं आएको आरक्ष पीडित टोलीले वनमन्त्री रामसहाय यादवलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ। समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाएर अघि बढ्ने वनमन्त्री यादवको आश्वासनपछि पीडितको टोलीले आज प्रधानमन्त्री देउवा भेटेको हो। पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृढता व्यक्त गरे। ‘यो राज्य यस्तै छ। कहिले के हुन्छ, कहिले के। केही गर्दा कहिले कोही रिसाउने, कहिले कोही,’ ढिलाईको कारण खुलाउँदै देउवाले भने, ‘अब म साँच्चिकै समाधान गर्छु। एक हप्ताभित्र रिजल्ट देखिनेछ।’
यसअघि पनि आश्वासन पाएको तर समाधान नभएको गुनासो पीडितहरुले गरेपछि देउवाले फेरि भने, ‘यसपालि आरक्षको समस्या समाधान हुन्छ, हुन्छ, हुन्छ। कुनै हालतमा हुन्छ। तपाईहरु ढुक्क हुनुस्। एक हप्तामा समस्या समाधान हुन्छ।’
यस्तै भेटमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने नेता साउदले आफ्नो क्षेत्रका पीडितहरुको समस्या लामो समयदेखि समाधान हुन नसकेको र आफूले मुख देखाउने अवस्थासमेत नभएको, अफ्ठेरो भएको गुनासो प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग गरेका थिए। प्रधानमन्त्री देउवाको दृढ आश्वासनपछि आरक्ष पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम एक सातालाई स्थगित गरेको छ। जिल्लामा सडक चक्काजामदेखि सिडिओ कार्यालय घेराउसम्म गरेको समितिले राजधानीमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेता भेट्ने र माग सम्बोधन नभए माइतीघरमा धर्नामा बस्ने कार्यक्रम बनाएर काठमाडौं आएको थियो।
समितिका सचिव प्रेमदत्त भट्टले प्रधानमन्त्रीबाट सकारात्मक आश्वासन पाएकाले आफूहरु आशावादी रहेको बताए। ‘प्रधानमन्त्रीजी हाम्रो समस्याबारे प्रत्यक्ष जानकार हुनुहुन्छ। उहाँकै पालबाट सुरु भएको यो समस्या उहाँकै पालामा समाधान हुनेमा आशावादी छौं। एक हप्तालाई आन्दोलन स्थगित गरेका छौं। समाधान भएन भने फेरि जिल्लाबाट पीडितहरु अझ ठूलो संख्यामा राजधानी आएर आन्दोलन चर्काउँछौं,’ भट्टले भने । उनकाअनुसार समितिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेर समस्याबारे ध्यानाकर्षण गराएको छ। नेता नेपालले सत्ता गठबन्धनमा सल्लाह गरेर समाधानका लागि पहल गर्ने आश्वासन दिएको भट्टले बताए।
यो बीचमा समितिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड”सँग पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ। ओलीलाई १९ दिनको वाचा स्मरण गराइने सचिव भट्टले बताए। ‘उहाँ (ओली) संसद विघटनपछि कञ्चनपुर पुगेर १९ दिनभित्र आरक्ष पीडितले जग्गा पाउँछन् भनेर भन्नुभएको थियो। १९ महिना बित्न लाग्यो जग्गा त केही पनि पाएनौं। यहीँ कुरा ध्यानाकर्षण गराउँछौं। हाम्रो समस्याबारे उहाँ जानकार हुनुहुन्छ। प्रतिपक्षीबाट पहल गरिदिन अनुरोध गर्छौं,’ उनले भने।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पटक पटक पीडितको घरमा गए पनि समस्या समाधानमा कुनै चासो नदिएको संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए। ‘उहाँ (प्रचण्ड)लाई पनि ठोस पहल गरिदिन ध्यानाकर्षण गराउँछौं। यसपालि हाम्रो समस्या समाधान नगरिकन हामी छोड्दैनौं,’ उनले भने। पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको न्यायीक आयोगले २ हजार ४७३ परिवार पीडित भएको पहिचान गर्दै परिचयपत्रसमेत वितरण गरिसकेको छ। तर राज्यले अझै पुनर्स्थापना नगरेको पीडितहरुको व्यापक गुनासो रहेको नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले जानकारी दिनु भयो ।
