
Syees
Gsl
Ratbs
Amb
Rbs
syysr
Gsbus
gms
Nssbus7
dsbus
Bksbus5
Csbus
Ssbus
Jsbus
Ddhbs
Pbu

Rgs
Sls
Ggd
Sbs
Rgu
Hal
Gst
Bbbpu
Ksm
Asm
Vor
Wsp
Rgu
Rsb
Bbu
Tsm
Pvg
Ssm
nsb

Ptm
Abd
Syp
Jmb
bbt
Bml
Rmb
Pls
Rpp
Mks
Gsb
Jmb
sab
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कुनै पनि अर्थमा राष्ट्रघाती नभएको बताउनु भएको छ । उहाँले एमसिसी कुनै पनि हालतमा राष्ट्रधाती नभएको स्पष्ट्र पार्दै भन्नुभयो, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुपर्यो,अध्ययन गर्नुपर्यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लागि लडेको मान्छे हो म, के राष्ट्रघात काम गरुँला मैले ? राष्ट्रघाती सन्धि किन गरुँला ? त्यसकारण यसका बारेमा अध्ययन गर्नुस् । हाम्रो बीचमा छलफल हुँदैछ । एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिन्न भन्छन् !” उहाँले भन्नुभयो ।
विश्व बैंक, एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउँदै प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानून मान्छु भनेकाले यो देशको खिलाफमा नभएको स्पष्ट गर्नुभयो । व्यापक छलफल गरेर एससीसी सहमतिका साथ पास गराउने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले सत्तारूढ गठबन्धन कोही कसैको खिलाफमा नभएको स्पष्ट पार्नुभएको छ । “यो पाँच दलीय गठबन्धन कोही कसैको खिलाफमा होइन । यो संविधानको रक्षा र संसद्लाई पूरा कार्यकाल चल्न दिनका लागि गठन भएको हो । म त चाहन्छु यो अझै अगाडि जाओस्”, उहाँले भन्नुभयो, “उता ओलीजी (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) र अन्य पार्टीलाई नलागोस् कि यो गठबन्धन हाम्रा खिलाफमा हो ।”
नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले संसद् आफ्नो कार्यकालभरि चलोस् भन्ने पुनित उद्देश्यले सो प्रावधान संविधानमा राखिएको स्मरण गर्नुभयो । नेपालको संविधानसभाको निर्वाचन, संविधान निर्माण र शान्ति प्रक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उल्लेखनीय भूमिका रहेको बताउँदै प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई सबैको सहयोग र सहमतिमा शिघ्र निष्कर्षमा पुर्याइने विश्वास दिलाउनु भएको छ ।
