
Gsl
Pbu
nsm
tssbus
Sssbus1
ssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1

Rsb
Vor
Pvg
Ggd
Rgu
Rgs
Rgu
Ksm
Sbs
Wsp
Asm
Sls
Bbu
Gst
Hal
nsb
Tsm
Ssm
Bbbpu

Mks
Bml
sab
Rmb
Abd
Pls
Jmb
bbt
Jmb
Ptm
Gsb
Syp
Rpp
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ ।
उक्त साधारण सभा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यावसायीको हक हितमा संलग्न रहेको बताए ।
त्यस्तै व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा पनि चेम्बर सकृय रहेको समेत उनले उल्लेख गरे। देउखुरीमा उत्पादनलाइ बढाइ निर्यातलाई प्राथमिकता दिनुपर्ने र यहाँको ऐतिहासिक स्थलहरुलाइ पर्यटकीय गन्तव्य स्थलको रुपमा बिस्तार गर्न पर्नेमा उनले जोड समेत दिए ।
सो अवसरमा बोल्दै लमही जेसिजका पुर्ब अध्यक्ष खेमराज घिमिरेले चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्न संस्थागत रुपमा पहलकदमी ल्याउनुपर्ने धारणा राखे । आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै लमही चेम्बर अफ कमर्सका उपाध्यक्ष सितल भुसालले यस क्षेत्रको पर्यटकीय कृषि तथा औद्योगिक संभावनालाइ दृष्टिगत गरी लमही क्षेत्र लाइ आर्थिक गतिबिधि चलायमान बनाउन चेम्वर अग्रसर हुने पनि उनले बताए ।
यस्तै पत्रकारको तर्फबाट बोल्दै नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य टेक बहादुर पुनले चेम्बर ब्यापारीहरुको साझा संगठन भएकाले देशको आर्थिक बिकासमा महत्त्वपुर्ण भुमिका निर्बाह गर्नुपर्ने जिम्मेवारी भएको भन्दै सुभकामना ब्यक्त गरे ।
कार्यक्रममा चेम्बरका तर्फ बाट निर्मला ज्ञवाली ,दिनेश आचार्य,हरिराम चौधरी ,प्रमोद बस्नेत,प्रमोद गौतम ,कमला चुदाली लगाएतले सुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण लमही चेम्बर अफ कमर्सका महासचिव केशब अधिकारीले गरेका थिए ।
