Sidha Patra शनिबार, पौष १०, २०७८

दाङ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताउनु भयो । उहाँले भन्नुभयो,स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’

त्यस्तै अध्यक्ष नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको पनि खुलासा गरेका छन् । यही पुस १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्ने तयारी रहेको अध्यक्ष नेपालले बताए ।

उनले केपी शर्मा ओली व्यक्तिवादमा चल्न थालेकाले पार्टी विभाजनको विकल्प नरहेको बताए । ओली गुटबाद र व्यक्तिवादमा चल्न थाले,दक्षिणपन्थी भासमा पुगाए,नेता नेपालले भने । त्यस्तै उनले ओली गणतन्त्र विरोधी भएको समेत बताएका छन् । संसद बिघटन गरेर ओलीले संविधान मिच्ने काम गरेको बताउँदै अध्यक्ष नेपालले भने । ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन,माक्सवादी होइन’उनले संविधान मिच्ने काम गर्ने ब्याक्ती कहिले लोकतान्त्रीक हुन नसक्ने बताएका थिए ।

नेपालले दाङ जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला भएको भन्दै जिल्लामा उत्पादन हुने कृषि तथा पशु जन्य उत्पादन र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उनको दाबी थियो । जिल्लाको विकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको बताए । भेलालाई पार्टीका सचिब एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, उपमहासचिव प्रकाश ज्वाला लगायतका नेताले सम्बोधन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]