
Nsb
Fmb
Ksb
Ssb
Rsb
Ppu
Ssb
Bsn
Csb
Gsb
Ksb
Tgp
Ksb
Rks
Usb
jsb

Ssb
Tsb
Gsb
Usb
Hl1

Rgu
ptl
Nps
रोल्पा। नेकपा (एमाले) रोल्पाले छैटाैं जिल्ला अधिवेशन आगामी २३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ नुवागाउँमा गर्ने निर्णय गरेको छ।
एमाले जिल्ला कमिटी रोल्पाको लिबाङमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। लिबाङस्थित पार्टी कार्यालय सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला अधिवेशनका लागि १० वटै पालिकाले पुस १७ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले पार्टीको छैटाैं अधिवेशन सम्पन्न पार्नका लागि आयोजक कमिटीका सबै सदस्यहरू, पचास जना पार्टी सदस्य बराबर एकजना प्रतिनिधि छनौट गर्ने (कुल संख्याको ३३ प्रतिशत अनिर्वाय महिला पर्नेगरी),जिल्लाका जनवर्गीय संगठनहरूबाट अनिर्वाय एक महिलासहित तीनजना,जिल्ला सल्लाहकार कमिटीबाट पाँचजना, प्रत्येक गाउँपालिका–नगरपालिकाकाे भूगोल तर्फबाट एक महिलासहित तीनजना र दलितको हकमा भने २५ सदस्य बराबर एकजना प्रतिनिधि चयन गर्ने मापदण्ड बनाएको छ।
यसैगरी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न कमिटीहरूसमेत गठन गरेको छ जस अनुसार विजयकुमार घर्तीमगरको संयोजकत्वमा २२ सदस्यीय मूल व्यवस्थापन समिति, दयाराम डाँगीको संयोजकत्वमा प्रचारप्रसार समिति, नीमप्रसाद रोकाको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र ठाकुरप्रसाद वलीको संयोजकत्वमा स्वंयसेवक परिचालन समिति गठन गरेको छ । बैठकले अधिवेशन हुनुअघि रोल्पाका सबै पालिकाहरूमा पार्टीका केन्द्रीय तथा प्रदेश सदस्य तथा जिल्ला पदाधिकारीहरूको सहभागितामा बैठक तथा भेलाहरू सम्पन्न गर्ने निर्यणसमेत गरेको एमाले रोल्पाले जनाएको छ ।
एमाले जिल्ला कमिटी रोल्पाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा तथा एमाले केन्द्रीय सदस्य कुमार दसौदीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू ईश्वरी घर्ती, यमुना रोका, लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य शान्तकुमार वली, प्रदेश सदस्यहरू हरीप्रसाद वली, गंगाराम बुढा, अमृत बुढा, विक्रम मल्ल लगायतको आतिथ्यता सो बैठक सम्पन्न भएको थियो।
