
Rbs
Nssbus7
gms
Gsl
Gsbus
Bksbus5
dsbus
Pbu
Ratbs
Ssbus
Syees
syysr
Jsbus
Csbus
Amb
Ddhbs

Gst
Hal
Pvg
Sbs
Rgu
Wsp
Sls
Bbbpu
nsb
Asm
Rsb
Vor
Rgu
Bbu
Ssm
Ksm
Rgs
Tsm
Ggd

Ptm
Gsb
Jmb
Bml
bbt
Rmb
Abd
sab
Pls
Syp
Mks
Rpp
Jmb
रोल्पा। नेकपा (एमाले) रोल्पाले छैटाैं जिल्ला अधिवेशन आगामी २३ गते त्रिवेणी गाउँपालिका वडा नम्बर २ नुवागाउँमा गर्ने निर्णय गरेको छ।
एमाले जिल्ला कमिटी रोल्पाको लिबाङमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। लिबाङस्थित पार्टी कार्यालय सम्पन्न दोस्रो पूर्ण बैठकले जिल्ला अधिवेशनका लागि १० वटै पालिकाले पुस १७ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले पार्टीको छैटाैं अधिवेशन सम्पन्न पार्नका लागि आयोजक कमिटीका सबै सदस्यहरू, पचास जना पार्टी सदस्य बराबर एकजना प्रतिनिधि छनौट गर्ने (कुल संख्याको ३३ प्रतिशत अनिर्वाय महिला पर्नेगरी),जिल्लाका जनवर्गीय संगठनहरूबाट अनिर्वाय एक महिलासहित तीनजना,जिल्ला सल्लाहकार कमिटीबाट पाँचजना, प्रत्येक गाउँपालिका–नगरपालिकाकाे भूगोल तर्फबाट एक महिलासहित तीनजना र दलितको हकमा भने २५ सदस्य बराबर एकजना प्रतिनिधि चयन गर्ने मापदण्ड बनाएको छ।
यसैगरी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न कमिटीहरूसमेत गठन गरेको छ जस अनुसार विजयकुमार घर्तीमगरको संयोजकत्वमा २२ सदस्यीय मूल व्यवस्थापन समिति, दयाराम डाँगीको संयोजकत्वमा प्रचारप्रसार समिति, नीमप्रसाद रोकाको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र ठाकुरप्रसाद वलीको संयोजकत्वमा स्वंयसेवक परिचालन समिति गठन गरेको छ । बैठकले अधिवेशन हुनुअघि रोल्पाका सबै पालिकाहरूमा पार्टीका केन्द्रीय तथा प्रदेश सदस्य तथा जिल्ला पदाधिकारीहरूको सहभागितामा बैठक तथा भेलाहरू सम्पन्न गर्ने निर्यणसमेत गरेको एमाले रोल्पाले जनाएको छ ।
एमाले जिल्ला कमिटी रोल्पाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा तथा एमाले केन्द्रीय सदस्य कुमार दसौदीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू ईश्वरी घर्ती, यमुना रोका, लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य शान्तकुमार वली, प्रदेश सदस्यहरू हरीप्रसाद वली, गंगाराम बुढा, अमृत बुढा, विक्रम मल्ल लगायतको आतिथ्यता सो बैठक सम्पन्न भएको थियो।
