दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आउँदो माघ सात गते सम्मका लागि कार्ड नबिकरण गर्ने सकिने गरि म्याद बढाएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आज लमहीमा सम्पन्न बैठकले सो निणर्य गरेको हो ।
त्यस्तै तोकिएको समय भित्र खानेपानी महशुल नबुझाएका र खानेपानीको कार्ड नबिकरण गर्न छुट भएका उपभोक्ताहरुका लागि आउँदो माघ सात गते सम्मका लागि समय थप गरिएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दन्डीराम चौधरीले जानकारी दिनु भयो ।
त्यसैगरि संस्थाको साधारण शभा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । जस अन्तरगत उपाध्यक्ष लिलाशाहको सयोजकत्वमा अतिथि सत्कार,उपसमिति कोषाध्यक्ष जग बहादुर चोधरीको सयोजकत्वमा खाजा नास्ता ब्यबस्थापन उपसमिति र सचिब सनम कुमार पौडेलको सयोजकत्वमा मंच ब्यबस्थापन उपसमिति गठन गरिएको सचिब सनम कुमार पौडेलले जानकारी दिनु भएको छ ।