
syysr
Gsbus
Syees
Amb
Nssbus7
Csbus
dsbus
gms
Pbu
Jsbus
Bksbus5
Gsl
Ddhbs
Rbs
Ratbs
Ssbus

Tsm
Vor
Ksm
Rsb
Ggd
Rgu
Gst
nsb
Bbu
Asm
Rgs
Rgu
Sbs
Hal
Wsp
Ssm
Sls
Bbbpu
Pvg

Rpp
Pls
Mks
Syp
bbt
sab
Gsb
Jmb
Rmb
Jmb
Ptm
Bml
Abd
काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् । र, तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह समेत गरेका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार समेलनको आयोजना गर्दै उनले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या लुकेर बसेको बताउदै यसलाई राष्ट्रिय समस्याको रुपमा लिएर समाधानको बाटो खोजिनु आवश्यक रहेको बताएका हुन् ।
‘कञ्चनपुर शक्लाफाँटा वन्यजन्तु आरक्षणबाट २०५८ सालमा राज्यले मुआब्जा दिन्छौं भनेर आरक्षण क्षेत्रबाट स्थानीयहरुलाई विस्थापित गरेपनि अहिलेसम्म यो समस्या समाधान गर्न सकेको छैन्’–उनले भने,‘अब सरकारले तत्कालै यो समस्या समाधानको लागि पहल लियोस ।’
साथै, उनले वर्तमान सरकार आरक्षण क्षेत्रको समस्या समाधान गर्न तत्पर रहेको बताउदै सरकारले यो समस्याको समाधान गर्नेमा आफु विश्वस्त रहेको बताए । यस्तै, नेता ओझाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको सुरेन्द्र बम नेतृत्वको सरकारी आयोगले कुनैपनि काम नगरेको भन्दै तत्काल खारेज गर्न माग गरेका थिए ।
शुक्लाफाँटा बन्यजन्तु आरक्षणका पीडितहरुको नाममा बनेको सरकारी आयोग जसमा करोडौं बजेट विनियोजन हुन्छ, तर त्यसको काम छैन्’–उनले भने । कार्यक्रममा कञ्चनपुरबाट आफ्ना समस्या समाधानको माग गर्न काठमाडौं आएका आरक्षण पीडित संघर्ष समितिका जिल्ला सचिव प्रेम दत्त भट्ट, राजेन्द्र लोहार, कर्णबहादुर चन्द, कृष्णजंग सिंहलगायतले आ–आफ्नो धारणा राख्दै आफूहरुको माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेका थिए ।

