
dsbus
Ssbus
Ddhbs
syysr
Nssbus7
Gsl
Rbs
Gsbus
gms
Amb
Ratbs
Syees
Jsbus
Bksbus5
Csbus
Pbu

Tsm
Ssm
Rgs
Rgu
nsb
Rsb
Hal
Ggd
Pvg
Bbbpu
Sbs
Rgu
Sls
Vor
Wsp
Bbu
Asm
Gst
Ksm

Syp
sab
Abd
Jmb
Bml
Pls
Mks
Rpp
Ptm
Jmb
Rmb
Gsb
bbt
दाङ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको प्रथम अधिवेशन शुक्रवार गढवामा सम्पन्न भएको छ । हेमन्ती कुमारी कुमालको अध्यक्षता र एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभाका सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गंगा चौधरीले महिलाहरु पार्टी संगठनको एक बलियो खम्बा भएको बताउनुभयो । एमालेको भातृ संगठन अनेमसंघमा सबै महिलाहरु गोलबन्द भएर पार्टीलाई एक ढिक्का बनाउन उहाँले उपस्थित सबैलाई आग्रह गर्नुभयो ।
अधिवेशनले मिना महतरा क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यिय अनेमसंघ गढवाको सर्बसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा गिता पन्थी सचिवमा रमा धिताल र उपसचिवमा बुझौनी चौधरी,संझना गौतम तथा सिता थापा रहनु भएको छ । नवनिर्वाचित कमिटीका पदाधीकारीहरुलाई पार्टीका केन्द्रिय सदस्य गंगा चौधरीले पद तथा गोपनियताको सपथ–ग्रहण गराउनु भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय लेखा समितिका सदस्य तथा लुम्बिनी प्रदेश सरकारका सांसद रेवतीरमण शर्मा,गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,अनेमसंघका केन्द्रिय सदस्य रत्ना श्रेष्ठ,पार्टीका गढवा अध्यक्ष बाबुराम अधिकारी,वडानं.७ का इन्चार्ज चुडामणि पौडेल लगायतले संबोधन गर्नुभएको थियो । अनेमसंघ दाङका सदस्य तथा पार्टीका गढवा उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन अनेमसंघ दाङका सदस्य केशरी गिरीले गर्नुभएको थियो ।

