
Gsb
Ssb
Ksb
Csb
Fmb
Usb
Ksb
Ppu
jsb
Ssb
Rks
Nsb
Ksb
Bsn
Tgp
Rsb

Usb
Tsb
Hl1
Gsb
Ssb

Rgu
Nps
ptl
दाङ । सालझुण्डी सामुदायिक वन गंगापरस्पुरको २७ औं बार्षिक साधारणसभा गएको शनिवार रामनगरमा सम्पन्न भएको छ । सामुदायिक वन समूहका अध्यक्ष रामलक्ष्मण यादवको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले यो सामुदायिक वनले अहिले निकै प्रगति गरिरहेको भन्दै वन वातावरण र जैविक विविधताको संरक्षण संगै उपभोक्ताका अधिकार पुरा गर्नु सामुदायिक वनको दायित्व भएको बताउनुभयो । कार्यक्रममा गढवा गाउँपालिका वडानं.४ का वडा अध्यक्ष गुलाम मोहम्मद,वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा,गोबरडिहा सव डिभिजनका सहायक वन अधिकृत दिनेश डाँगी,नेकपा माओवादी केन्द्रका अतिउल्ला मनिहार,राष्ट्रिय जनमोर्चाका टुकमान कुँवर,जनता समाजवादी पार्टीका महबुव अली,सल्लाहकार तथा संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद चौधरी,काँसी प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा सामुदायिक वनका अध्यक्ष रामलक्ष्मण यादवले बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने प्रगति तथा आर्थिक प्रतिवेदा कोषाधयक्ष हरीचन्द्र चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सामुदायिक वन समूहका सचिव सरस्वती चौधरीले गर्नुभएको थियो ।
