
Gmk
Gisld
Ksm
Anm
Mbdvs
Sds
Pbu
Rbs
mbd

Hal
Vor
Sls
Asm
Ggd
Ksm
Tsm
Rgu
Gst
Bbbpu
Bbu
Wsp
Pvg
Ssm
Sbs
Rgu
nsb
Rgs
Rsb

Gsb
Rpp
Abd
Pls
sab
bbt
Rmb
Ptm
Syp
Mks
Bml
Jmb
Jmb
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी अन्तरगत राप्ती गाउँपालिकामा सोमबार सर्वदलीय बैठक सम्पन्न भएको छ ।
राजधानीको संरचना निर्माण कार्य तथा मन्त्रालयहरु सर्नमा ढिलासुस्ती भएको हुँदा तत्काल मुख्यमन्त्री र मन्त्रीहरुसंग अन्तरक्रिया गरेर सोही माध्यमद्वारा समस्याको समाधान गर्नको लागि सर्वदलीय बैठक बसेको हो ।
नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा बसेको उक्त सर्वदलीय बैठकले लुम्बिनी प्रदेशको राजधानीको संरचना निर्माण तथा मन्त्रालय सार्न र नक्सा तत्काल सार्वजनिक गर्ने सम्बन्धिमा दुई वटा निर्णय समेत गरेको छ ।
जस अनुसार निर्णयहरु निम्न रहेका छन्
लुम्बिनी प्रदेशको राजधानी देउखुरी दाङलाई स्थायी राजधानीको रुपमा निर्णय गरेतापनि एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उल्लेखनीय राजधानी सम्बन्धि गतिविधिहरु प्राय शुन्य एवं न्यून भएको र डिपियार सार्वजनिक नगरिएको तथा निर्माणधिन संसद भवनको कार्यसम्म रोकिएको,घर नक्सा, जग्गा रजिटेशन पास लगायत कामहरु रोकिएका कारणले तत सम्बन्धि समस्या कसरी रोकिएका हुन् लुम्बिनी प्रदेश स्थायी राजधानीबाट किन संचालन हुन सकिरहेको छैन भन्ने विषयमा मुख्यमन्त्री र मन्त्रीहरुसंग यहीँ पुष महिनाको २० गते भित्र राप्ती गापाको सभाहलमा अन्तरक्रिया गर्ने भनि निर्णय भएको छ । साथै मुख्यमन्त्री र मन्त्रीहरुको समय माग गर्नको लागि नेकपा माओवादी केन्द्र राप्ती गापाका अध्यक्ष श्यामेश चौधरीलाई जिम्मा दिइएको जसपाका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले सिधा-पत्रलाई बताउनु भयो ।
त्यस्तै उक्त सर्वदलीय बैठकद्वारा दोस्रो निर्णयमा पुर्वाधार विकास प्राधिकरणलाई तत्काल नक्सा सार्वजनिक गर्न अनुरोध गर्ने भनि निर्माण समेत भएको छ ।
यस्तै सो बैठकमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको राजधानीका लागि आफू दत्तचित्त भएर लागि परेको बताउनु भएको छ ।
त्यस्तै उहाँले राजधानीको लागि आवश्यक संरचना निर्माण गर्नको लागि प्रयाप्त जग्गा उपलब्ध भएपनि विभिन्न प्राविधिक समस्या देखाई प्रदेशको भौतिक संरचनाहरु निर्माण गर्न र मन्त्रालयहरु सार्नमा ढिलासुस्ती भएको हुँदा अब सम्बन्धित सरोकारवाला निकायहरु यस विषयमा गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो ।
यसैगरी बैठकमा सहभागी विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले लुम्बिनी प्रदेशको स्थायी राजधानीका हरेक गतिविधिलाई अघि बढाउनको लागि पहिले मुख्यमन्त्रीको कार्यालय तत्काल सार्नु पर्ने र त्यसका लागि वर्तमान समयमा के कारणले मन्त्रालयहरु सर्न र संरचना निर्माण कार्यमा ढिलासुस्ती भएको छ भन्ने विषयलाई अन्तरक्रियाको माध्यमद्वारा सो समस्याको समाधान गर्नु पर्नेमा जोड् दिनु भएको थियो ।
बैठकमा नेपाली काङ्ग्रेस राप्ती गाउँ इकाई कमिटीका सभापति विद्यासरण चौधरी,नेकपा एमाले राप्ती गापाका सचिव भरतमणी न्यौपाने,जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य टोपबहादुर कार्की,राप्रपा राप्ती गापाका अध्यक्ष टेकबहादुर गिरी,जनता समाजवादी पार्टी राप्ती गापाका अध्यक्ष रण प्रसाद सुवेदी,एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका उपाध्यक्ष मुकुन्दराज रोका,राष्ट्रिय जनमोर्चा पार्टी राप्ती गापाका अध्यक्ष केशवराज खनाल,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष होम प्रसाद शर्मा,एकीकृत समाजवादी पार्टी राप्ती गापाका अध्यक्ष ज्ञानु गौचन,माओवादी केन्द्र राप्ती गापाका अध्यक्ष श्यामेश चौधरी,राप्ती गापाका अध्यक्ष नुमानन्द सुवेदी,राप्ती गापा १ का अध्यक्ष ताराबहादुर डिसी,लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति उक्त बैठकमा रहेकोे थियो ।![]()
