
Rbs
Ratbs
dsbus
Gsl
Ssbus
Pbu
Ddhbs
syysr
Bksbus5
Syees
Gsbus
gms
Csbus
Jsbus
Nssbus7
Amb

Pvg
Wsp
Sbs
Tsm
Vor
Asm
Rsb
Ggd
Gst
Hal
Ksm
Bbu
Ssm
nsb
Rgu
Rgu
Sls
Bbbpu
Rgs

Rmb
Pls
sab
Jmb
Ptm
Mks
bbt
Abd
Bml
Gsb
Rpp
Syp
Jmb
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आम सञ्चार माध्यमले सत्यकुरा बोल्न सक्ने आँट गर्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले देशलाई जनमत भन्दा बाहिरबाट चलाउने काम हुँदा पनि आम सञ्चार माध्यमले स्वतन्त्र अस्तित्व कायम गर्न नसकेको बताउनु भयो ।
कुनै दल प्रति आस्था बिचार भएपनि राष्ट्रिय र सामाजिक बिषयमा सञ्चार माध्यम सत्य बोल्नुपर्ने बताउनु भएको हो । अहिले देखिएको धुब्रिकरण अन्त्य गर्दै बलियो राज्य बनाउन आम सञ्चारको भूमिका आवश्यक देखिएको बताउनुभयो । बलियो राज्य र स्थिर राजनितीले मात्रै स्वाधीनता, राष्ट्रियता तथा समृद्धिको रक्षा हुने धारणा व्यक्त गर्नु भएको छ ।
एमालेको साथ लिएर माओवादी केन्द्रले जसका बिरुद्ध लडेको हो उसैलाई सरकारको नेतृत्व दिनु जनमतको अपमान भएको टिप्पणी गर्नुभयो । जनताको आदेश बिरुद्ध गठबन्धन नियोजित स्वार्थमा केन्द्रित भएको समेत आरोप लगाउनु भयो । जनमत बिपरित सरकार बन्नु लोकतन्त्रको विपरीत भएको भन्दै गठबन्धनले यसैलाई लोकतन्त्रको लेपन लगाएर प्रचार गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य सूर्य थापा, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, बरिष्ट उपाध्यक्ष माधव नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थि, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी लगायतकाले पत्रकारहरुले निस्पक्षता र सत्यतालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा चौतारी योगदान पुरस्कारबाट टीका बस्नेत, कृष्णजित पत्रकारीता पुरस्कार चन्द्रप्रकाश नेपाली, हिम स्मृति सहासिक पत्रकारिता पुरस्कार बालकृष्ण पाण्डे, नदिन स्मृति पत्रकारीता पुरस्कार सन्तोष दहित, प्रेस चौतारी प्रतिभा पुरस्कार एकराज भण्डारी, उत्तम अधिकारी, रमा नेपाली, सविता सुनार, मञ्जु रोका मगर, नीता चौधरी र सुरक्षा चौधरीलाइ प्रदान गरिएको छ ।
चौतारीले सञ्चारगृह तर्फ राप्ती पोष्ट दैनिक, रेडियो प्रकृति र राजमार्ग अनलाइनलाई सम्मान गरेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
