
Ssbus
Pbu
nsm
Ssbus
ssbus
Sssbus1
tssbus
Gsl
Sssbus1
Ssbus

Pvg
Asm
Rgu
Bbbpu
Rsb
Bbu
Rgs
nsb
Gst
Ssm
Vor
Rgu
Hal
Sls
Tsm
Ggd
Ksm
Wsp
Sbs

Mks
Bml
Jmb
Ptm
Rmb
Pls
Syp
Abd
sab
Rpp
Gsb
bbt
Jmb
दाङ । निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले एक वर्षकाे अवधिमा चार कराेडकाे आयव्यय प्रस्तुत गरेको छ ।
उक्त अवधिमा कुल २ कराेड रुपैया बचत रहेकाे जानकारी गराइएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरिमा रहेकाे संस्थाकाे सातौं वार्षिक साधारणसभाद्वारा सो जानकारी गराइएको हाे । संस्थाकि अध्यक्ष कुमारी तामाङ्ग परियारकाे अध्यक्ष्यता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सरस्वती गाैतमकाे प्रमुख आतिथ्यता र लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीको बिसिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गाैत्तमले महिला अहिले अब्बल भएकोमा खुसि ब्यक्त गर्नु भयाे । महिलामा आर्थिक पारदर्शिता हुने भएकोमा महिलाहरु उद्यमी बनेकोमा खुसि भएको छु ठुलाे उद्यमी बन्ने तर्फ महिला अग्रसर गर्नु हुनु आबश्यक रहेको उहाँको भनाइ रहेको थियो । यस्तै नयाँ नयाँ उद्यमीकाे खाेजि गर्न जरुरी रहेको उहाँको भनाइ थियाे । संस्थाका हित तथा समस्या तर्फ आफ्नाे तर्फबाट सक्दाे सहयाेग गर्ने गौतमले बचत दिनु भयो ।
त्यसैगरी सभामा बिसिष्ठ अतिथि मेयर केसीले महिलाहरु सहकारी मार्फत उद्यमी बन्दै नयाँ उचाइमा जान जरुरी रहेकाे भन्नुहुदै संस्था जुन नाराका साथ खाेलेकाे हाे त्याे लक्ष्य पूरा गर्न थालेको भनाइ राख्नु भयो । गरिबी निवारण गर्ने तीन तहकाे सरकार लागि परेको भनाइ राख्नु भयाे । जुन कार्य राज्यले गर्नु पर्ने हाे त्याे गैरसरकारी संस्थाले गरेकोमा खुसि ब्यक्त गर्नु भयाे । गरिबी निवारण गर्ने स्थानीय सरकार लगायत अन्यकाे मिसन हाे त्याे मिसन प्राप्ति तर्फ उन्मुख भएकाेमा अत्यन्तै खुसि भएको छु मेयर केसीले भन्नू भयाे ।
संस्थाकि लेखा समितिका संयाेजक गिता चाैधरीले स्वागत गर्नु भएको सभामा २०७७/०७८ सालकाे आर्थिक प्रतिबेदन काेषाध्यक्ष लक्ष्मी चाैधरीले र वार्षिक प्रतिबेदन कार्यबाहक सचिब सुनिता देवकोटाले पढेर सुनाउनु भएकाे थियाे ।
साना किसान महिला सदस्यहरुका लागि उद्यम बनाउने उदेश्यले संचालित संस्थाले बचत संकलन ,ऋण लगानी खसी बोका बजारिकरण,दूध संकलन ,पशु बिमा लगायत अन्य व्यवसायहरु संचालन गर्दै आइरहेकाे छ । २०७७/०७८ सालमा ५८७ खसि,बाेका खरिद गरेमा ५८४ वटा बिक्रीवितरण गर्न सफल भएको थियाे । हेभर इन्टरनेशनल प्रा.लिद्वारा संचालित देउखुरी ठुलाे संस्था हाे । दैनिक पाँच सय लिटर देखि आठ सय लिटर संकलन गर्ने गरेकाे छ । यस्तै सम्मानित हुने नियमित बचत तथा ऋण लमही २ शान्ति महिला समूह उत्कृष्ट स्थान गाेरेटाे महिला महिला लमही १ नर्ति,जेष्ठ नागरिक सम्मान खगेश्वरा पाैडेललाई दाेसल्ला ओढाएर सम्मान गरिएको थियाे ।
त्यस्तै खसी,बाेका बिक्री बितरण गर्ने,दूध,गाई लगायतका समूहको लागि सम्मान गरिएको थियाे । ५१ जना सेयर सदस्य जम्मा भएर २०७१ सालमा स्थापना भएको सहकारीले लमही नगरपालिका वडा नम्बर १,२,३ का लागि कार्य क्षेत्र बनाएर कार्यक्रम गरिरहेकाे छ । सो संस्थामा हाल सदस्य संख्या १२७८ जनासेयर सदस्य रहेका छन् ।
लेखा प्रतिबेदन लेखापाल कल्पना आर्चायले पढेर सुनाउनु भएको थियाे । आर्थिक वर्ष २०७७/०७८ सालमा कुल चार कराेड बराबरकाे आयव्यय प्रस्तुत गरिएको उक्त अबधिमा कुल २ कराेड रुपैया बचत गरिएकाे कुरा साे अबसरमा लेखापाल आर्चायले पढेर सुनाउनु भएको थियाे ।
कार्यक्रममा समाजसेवी नेत्र पोख्रेल,पदम प्रसाद पाैडेल,बसन्तराज शर्मा, केशवराज पोख्रेल,लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बाबुराम चाैधरी,१ का अध्यक्ष नुमराज पाैडेल,हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत महेश कुमार आर्चाय लगायतका बक्ताहरुले महिलाहरु अझै उद्यमी बनाउने गृह कार्य जारि रहेकाे धारणा राख्नु भएको थियो । त्यस्तै उहाँहरुले दुधबाट अझै पनि किसानले उचित मूल्य नपाएको गुनासाे गर्नु भयाे ।
यस्तै दूध उद्योग स्थापना गर्ने हेतुले डेरि पनि अझै दायरा फराकिलो बनाएर लग्ने अपेक्षा पनि संस्थाले गरिराखेकाे भनाइ राख्नु भयाे । महिलाहरु लगानी गरेको रकम संस्थामा रहेको छ । कहि गएको छैन भनेर भन्नू भयाे । स्थानीय सरकारकाे सहयाेग अझै खाँचो रहेकाे भन्दै अझै सहयाेगकाे अपेक्षा गर्नु भएको छ । यस्तै छात्रवृत्ति दुईवटा विद्यालयका विद्यार्थीका लागि प्रदान गरिएको थियाे भने उनिहरु १/२ वटा झाेला र स्टेसनरी दिएको थियो । कार्यक्रम संचालन सदस्य बिष्णु कुमारी शर्माले गर्नु भएको थियाे ।
