
Fmb
Bsn
Csb
Usb
Ssb
Ksb
jsb
Rsb
Nsb
Tgp
Ssb
Ppu
Rks
Ksb
Ksb
Gsb

Usb
Ssb
Hl1
Tsb
Gsb

ptl
Nps
Rgu
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ गते देखि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । स्थापना दिसवको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम कार्यक्रम गर्ने, २ गते बंगलाचुलीमा मिडीया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस बिशेष कार्यक्रम गर्ने निर्णय गरेको सचिव आर.के शितलले जानकारी दिए ।
त्यस्तै आईतबार नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको छ । अध्यक्ष दुर्गालाल केसी संयोजक, उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको पुरस्कार छनोैट समिति, सचिव आर.के.शीतल संयोजक, सह–सचिवहरु दशरथ घिमीरे र दिप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवश कार्यक्रम व्यवस्थापन समिति, उदय बिसी संयोजक, दुःखहरण यादव र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनाल संयोजक, अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको छ ।
त्यसैगरी बठकले रेडियो स्वर्गद्धारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्माको दुबै मृगौला फेल भईमानव अंग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त किड्नी ट्रान्सपलान्ट सेन्टर दुधपाटी भक्तपुरमा उपचाररत रहेकाले उनकोे उपचारका लागि अभियान सुरु गर्ने निर्णय गरेको छ । जसका लागि पत्रकार महासंघ दाङ शाखामा वा रामसिंह बिकको नाममा कृषी विकास बैंकको खाता नम्बर ०९१९४०१९९५३२४०१७ र प्रभु बैंकको खाता नम्बर ०३६००२७१०५००००११ मा रकम जम्मा गरेर भौचर पत्रकार महासंघ दाङ शाखालाई उपलब्ध गराईदिन अनुरोध समेत गरेको छ ।
