दाङ । दाङ सल्यान अन्तर्गत राप्ती राजमार्गमा फेरि जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ भने कम्तीमा १६ जना घाइते भएका छन् ।
तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोला नजिक दुर्घटनामा परेको हाे। दुर्घटनामा परि दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको भएको छ मृतक कसैकाे पनि पहिचान खुल्न नसकेकाे ट्राफिक कार्यालय तुलसीपुरले जनाएको छ।
आइतबार अपरान्ह करिब ४:३० बजेतिर रा १ ज ४३८ नम्बरको जिप सडकमा गुडिरहेको अवस्थामा स्टार्ट बन्द हुदा अनियन्त्रित भई दुर्घटनामा परेकाे घाइतेहरुले बताएका छन् । जिप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने अझै एकिन नभएकाे उद्दार कार्य जारी रहेकाे प्रहरीले बताएको छ।
त्यस्तै घाइतेहरुकाे प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ भने ५ जनाकाे अवस्था अलि गम्भीर रहेकाले अस्पतालकाे समन्वयमा काेहलपुर रिफर गर्ने तयारी रहेकाे ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताउनु भयो ।