
Ksb
jsb
Ssb
Ksb
Ksb
Ppu
Bsn
Nsb
Ssb
Tgp
Rsb
Usb
Rks
Csb
Gsb

Gsb
Tsb
Ssb
Usb
Hl1

Nps
Rgu
ptl
दाङ । तुलसीपुर महोत्सवलाई भव्यरुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति शनिबार गठन गरेको हो ।
जस अन्तर्गत सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम प्रकाश गिरी, आर्थिक समितिको संयोजकमा तेज बिक्रम घर्ती, संचार समितिको संयोजकमा ओपेन्द्र बस्नेत,शान्ति सुरक्षा व्यवस्थापन समितिका संयोजक ऋषीराज भण्डारी,सांकृतिक समितिको संयोजकमा सन्तोष खड्का,बाल उद्यान समितिको संयोजकमा मंजित पुन,टिकट व्यवस्थापन समितिको संयोजकमा निर्मल पौडेल,व्याज,अथिति सत्कार समितिको संयोजकमा वेणु अधिकारी, झाँकी तथा र्याली व्यवस्थापन समितिको संयोजकमा लोकेन्द्र वली,यातायात व्यवस्थापन समितिको संयोजकमा प्रेम बहादुर बाँठा,सरसफाई समितिको संयोजकमा चक्र नेपाली,स्वास्थ्य समितिको संयोजकमा भागवत कमलापुरी, खानेपानी तथा विद्युत समितिको संयोजकमा सुमन गिरी,अथिति तथा सत्कार समितिको संयोजकमा पदम पोख्रेल,आवास तथा भोजनालय व्यवस्थापन समितिको संयोजकमा कर्णबहादुर डाँगी र मञ्च व्यवस्थापन समितिको संयोजकमा दुर्गा प्रसाद शर्मा रहनु भएको छ ।
कृषी,पर्यटन,व्यापार औद्योगिक क्षेत्रको विकास र पवद्र्धन गर्ने उद्देश्यले तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुर महोसत्व संचालन हुन लागेको संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनु भयो ।
