हेमराज शर्मा/गढवा बुधबार, मंसिर २२, २०७८

दाङ । घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुलनाराका साथ लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ५, चैनपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गढवा गाउँपालिकाको आयोजना र क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी), स्वान नेपाल, उनको बचत तथा ऋण सहकारी संस्था, मञ्जरी महिला साना किसान सहकारी संस्था र हिमाल महिला बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गढवा गाउँपालिकाका वडा नम्बर ४ र ५ का ७३ जना महिला र पुरुष सहभागिरहेको कार्यक्रममा अधिबक्ता शुभराज चौधरीले लैगिंक हिंसाको अवस्था,लैगिंक हिंसाबाट हुने असर,लैगिंक हिंसा निवारणका लागि चाल्नुपर्ने कदमका साथै कानूनी सल्लाहका बारेमा सहभागिहरुलाई जानकारी दिनु भएको थियो । कार्यक्रममा सहभागिहरुले प्रश्नोत्तर शैलीमा आफ्ना विभिन्न जिज्ञासा राख्नुका साथै घरेलु हिंसा,लैगिंक हिंसा र सामाजिक हिंसा सहेर अँझै पनि बस्ने बानिरहेको र उजुरी गर्ने सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । साथै सो अवसरमा अधिबक्ता चौधरीसँग हिंसा पीडित महिलाहरुले कानूनी परामर्श पनि लिएको सीपी नेपालकी आमा समूह संयोजक सरिता चौधरीले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका वडा नम्बर ५ कि वडा सदस्य विष्णु कुवँरको सभाअध्यक्षता र गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागिहरू सिर्जना चौधरी,शान्ति चौधरी,उनको बचत तथा ऋण सहकारी संस्थाकि रिना चौधरी,स्वान नेपालकी सोनी थारु कुमाल लगायतकाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिका महिला तथा बालबालिका शाखाका सुरेश पौडेल,शान्ति पुर्नस्थापना केन्द्रकी कैलासु रानाको समेत सहभागिता रहेको थियो । सिता चौधरीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन सरिता चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]