Sidha Patra बुधबार, मंसिर २२, २०७८

काठमाडौं । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।

विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन छ । यस दिन जनकपुरमा विशेष रौनक हुन्छ ।

जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । यसको मुख्य आकर्षण आज हुने राम-जानकीको प्रतीकात्मक विवाह हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ ।

यस अवसरमा सहभागी हुन नेपालका विभिन्न प्रदेशका साथै छिमेकी मुलुक भारतको अयोध्याबाटसमेत श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् । गत वर्ष भने कोरोना संक्रमणको कारण औपचारिकता पूरा गर्नमात्र राम-जानकी विवाह महोत्सव मनाइएको थियो ।

यस वर्ष काठमाडौंबाटसमेत जन्तीको रुपमा एक टोली मंगलबार जनकपुर प्रस्थान गरेको छ । गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यले मिठाइ, फलफूल, शृङ्गारका सामग्री, सुगन्धसहित संस्थानको एक टोली विवाह पञ्चमीमा सहभागी हुने परम्परा रहेको जानकारी दिए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]