
tssbus
nsm
ssbus
Ssbus
Gsl
Pbu
Sssbus1
Ssbus
Sssbus1
Ssbus

Vor
Rgu
Rgs
Rgu
Asm
nsb
Ssm
Ggd
Tsm
Gst
Bbu
Sls
Hal
Bbbpu
Wsp
Ksm
Pvg
Rsb
Sbs

sab
Abd
Ptm
Pls
Rmb
Gsb
Rpp
Mks
Jmb
Bml
Jmb
Syp
bbt
काठमाडौं । माटो परीक्षण गरेर खेती गर्ने किसानको सङ्ख्या अझै बढ्न सकेको छैन । नेपालमा झण्डै ६५ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भए पनि माटो परीक्षण गरेर खेति गर्ने किसानको सङ्ख्या थोरै छ ।
बालीबिरुवालाई आवश्यक पर्ने १७ प्रकारका पोषक तत्व मध्ये १४ प्रकारका पोषक तत्वविरुवाले माटोबाट प्राप्त गर्छ । तर किसानले आफ्नो बारीको माटोको अवस्था थाहा पाउन सकेका छैनन् ।
देशभर प्रदेश र केन्द्रमा गरी ९ वटा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । केही स्थानीय तह तथा जिल्लामा अस्थायी प्रयोगशाला सञ्चालनमा छन् । तर पनि माटो जाँच गर्ने किसानको सङ्ख्या बढ्न सकेको छैन ।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख सावित्री बरालले जनशक्तिको अभावकै कारण माटो परीक्षण सोचेजति हुन नसकेको बताउनुभयो । केही स्थानीय तहमा अस्थायी किसिमका प्रयोगशाला स्थापना गरिएपनि किसानको पहुँचमा पुगेको छैन ।
माटो स्वस्थ रहन यसमा रहने प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुन आवश्यक भएपनि हाल नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा औषत १.९६ प्रतिशत रहेको छ ।
