
Gsb
Tgp
Ksb
Usb
Bsn
Ssb
Ssb
Csb
Nsb
Ksb
Rks
jsb
Ppu
Rsb
Ksb

Tsb
Gsb
Ssb
Hl1
Usb

Nps
Rgu
ptl
दाङ । अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको छ ।
सरकारले स्थायी राजधानी दाङमा भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरण स्थापना गरेको छ । यो प्राधिकरणले अहिले स्थायी राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ । स्थायी राजधानीमा भौतिक पूर्वाधारको कामलाई निरन्तर जारी राखेर राजधानी सार्न थालेको भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको हो ।
सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जरमार्फत पठाइएको म्यासेजमा राजधानीको काम तुरुन्त रोक्न धम्की दिइएको छ । ‘राजधानी सार्ने नै हो त ? काम छैन पागल जस्तै गरेको छ,’ घिमिरेलाई पठाइएको म्यासेजमा उल्लेख छ ‘अर्थले बजेट रोकिसक्यो, ठेकेदार काम रोक्न तयार छ, सिईओलाई मर्न मन छ हो ?’
उक्त म्यासेजमा अख्तियार लगाएर या ज्यान मारेर सिध्याउने धम्की दिइएको छ । राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम तत्काल रोक्न पनि धम्की दिइएको छ । म्यासेजमा लेखिएको छ– ‘नत्र बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् ।’
आफ्नो ४ सय करोड रुपियाँ लगानी सिध्याउन खोजेको भन्दै म्यासेजमा सम्झाउँदा पनि नमानेको उल्लेख गरिएको छ ।राधजानीको काम सुस्त गर्न सम्झाएको विषयमा घिमिरेले आफूलाई अप्रत्यक्षरूपमा त्यस्ता खालका सुझावहरू आएको सुनाउनु भयो । ‘कुरा गर्दा चाहिँ मेरै हितका लागि भनेको जसरी आउँथे, अख्तियारमा पर्नु होला, विचार गरेर अगाडि बढ्नुस् भन्ने खालका सुझावहरू आउँथे,’ घिमिरेले भन्नुभयो– ‘तर धम्कीकै रूपमा मलाई यसरी कसैले भनेको चाहिँ थिएन ।’
घिमिरेका अनुसार दाङमा राजधानी ल्याउन वा आउन नदिने नियत बोकेकाहरूबाटै आफूलाई धम्की आएको आशंका गरिएको छ । आफूमाथि असुरक्षा भएको भन्दै प्राधिकरणका सिईओ घिमिरेले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुभएको छ । ‘मलाई राम्रोसँग चिनेको र राजधानीको विषयमा चासो र सरोकार राख्ने मान्छेबाट नै यो खालको धम्की आएको हो,’ घिमिरले भन्नुभयो– ‘मैले धम्की दिने व्यक्ति पत्ता लगाउनका लागि सीडीओ सापसँग अनुरोध गरिसकेको छु ।’
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेमाथि आएको धम्कीबारे अनुसन्धन सुरु भइसकेको जानकारी दिनुभएको छ । ‘मैले जानकारी पाउनासाथ प्रहरीलाई अनुसन्धान गर्न भनिसकेको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो– ‘प्रहरीले अनुसन्धानको काम अगाडि बढाइसकेको छ ।’तेस्रोआँखा
