शिबराज पन्थी/गढवा बिहिबार, मंसिर ०२, २०७८

दाङ । गढवा गाउँपालिकाको आयोजना र स्वान नेपाल तथा जुरी नेपालको प्राबिधिक सहयोगमा बिहिवार वाल बिवाह अन्त्य सम्बन्धि रणनितीक योजना तर्जुमा तथा हिंसापिडीतका लागि सुरक्षित आवास(सेफ हाउस) संचालन निर्देशिकाका बिषयमा परामर्श तथा अन्तरक्रिया सम्पन्न भएको छ । एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई जुरी नेपाल र स्वान नेपालले वालविवाह अन्त्य र सेफ हाउस संचालन सम्बन्धि निर्देशिका हस्तान्तरण गरेको हो ।

गढवा गाउँपालिकालाई आगामी १० बर्षभित्र वालबिवाह अन्त्य भएको गाउँपालिका घोषणा गर्न बिभिन्न शुच्छ्म योजनाहरु उक्त निर्देशिकामा समावेश गरिएको छ । जुरी नेपाल र स्वान नेपालको प्राबिधिक सहयोगमा तयार गरिएका उक्त दुबै निर्देशीका उपर कार्यक्रममा ब्यापक छलफल गरिएको गाउँपालिका महिला तथा वालवालीका शाखाले जनाएको छ ।

कार्यक्रममा हिंसा पिडितहरुका लागि सुरक्षित आवास स्थापना र संचालन सम्बन्धि निर्देशिकामा पनि ब्यापक छलफल गरिएको र आगामी बर्षदेखि सुरक्षित आवास(सेफ हाउस) संचालनको रणनिती कायाृन्वयन गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा जुरी नेपालका अधिबक्ताहरु बिष्णु पोखे्रल र वालमाया बिशवकर्माले दुबै निर्दैशिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको बिषय प्रबेश तथा स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]