
Sssbus1
ssbus
Ssbus
Ssbus
tssbus
Gsl
Ssbus
nsm
Sssbus1
Pbu

nsb
Gst
Hal
Sbs
Ggd
Rgs
Rsb
Asm
Pvg
Ssm
Tsm
Bbbpu
Bbu
Rgu
Wsp
Sls
Vor
Rgu
Ksm

Pls
Syp
Jmb
Mks
Jmb
Rmb
Abd
Bml
Gsb
sab
Rpp
Ptm
bbt
दाङ । प्रेस चौतारी नेपाल दाङ शाखाको नवौँ जिल्ला अधिवेशन आगामी मंसीर २५ गते हुने भएको छ । बिहीबार घोराहीमा बसेको चौतारीको जिल्ला बैठकले नवौँ अधिवेशन गर्ने निर्णय गरेको हो ।
चौतारीका जिल्ला उपाध्यक्ष ईन्द्र डिसीको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको प्रमुख अतिथ्य एवं नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको जिल्ला बैठकले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तथा संगठनलाई थप सबल, सुदृढ र सशक्त रुपमा अघि बढाउने निर्णय पनि गरेको सचिव प्रेमबहादुर राम्जाले जानकारी दिनु भयो ।
बैठकले आसन्न जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि चौतारीका उपाध्यक्ष ईन्द्र डिसीको संयोजकत्वमा नवौँ जिल्ला अधिवेशन आयोजक समिति पनि गठन गरेको छ । जसको सह–संयोजकमा सचिव प्रेम बहादुर राम्जालाई जिम्मेवारी दिईएको छ भने अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु सदस्यमा रहने गरी जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै, अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ । सचिव राम्जाका अनुसार कोषाध्यक्ष दशरथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा किरण गौतम, ओपेन्द्र बस्नेत रहनुभएको छ । अधिवेशन सम्पन्न गर्नका लागि सहसंयोजक राम्जाकै संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा बसन्त परियार, किरण गौतम, गणेश आचार्य, सुधासुमन ढकाल, विमला घर्ती, रीता लामा, एकराज भण्डारी, अर्जुन परियारलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी संगठनमा आवद्ध भई पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको मुल्यांकन गर्दै अधिवेशनमा केहीलाई पुरस्कृत गरिने भएको छ । जसका लागि पुस्कार छनौट गर्न प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको संयोजकत्वमा चौतारीका जिल्ला पूर्व अध्यक्ष दुर्गालाल केसी र पूर्व उपाध्यक्ष संगीत बस्याल सदस्य रहने गरी समिति गठन गरिएको छ ।
यसैगरी,अधिवेशनका लागि सांस्कृतिक तथा अतिथि सत्कार समितिको संयोजकमा दीप्तिशिखा चौधरी संयोजक रहेको समितिमा प्रेमविवश घर्ती र शिव घर्तीलाई सदस्यमा चयन गरिएको छ । अधिवेशन सफल रुपमा सम्पन्न गर्नका लागि आगामी कार्तिक २७ गते शनिबार तयारी बैठक बस्ने निर्णय गरेको सचिव राम्जाले बताउनु भयो । बैठकले नवौँ अधिवेशनलाई लक्षित गर्दै सदस्यता नवीकरण गर्न क्षेत्रगत रुपमा विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । जस अन्तर्गत देउखुरी क्षेत्रका लागि दशरथ घिमिरे, घोराही क्षेत्रका लागि किरण गौतम, बिमला घर्तीलाई जिम्मेवारी दिईएको छ ।
यसैगरी,तुलसीपुर क्षेत्रका लागि सुधासुमन ढकाल, माधव कँडेल तथा हापुरे क्षेत्रका लागि बालकृष्ण पाण्डेलाई जिम्मेवारी दिने निर्णय भएको सचिव राम्जाले बताउनुभयो । बैठकमा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सुदर्शन रिजाल, सल्लाहकार प्रवल रेग्मीलगायत कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।
बैठकमा सहभागीहरुले संगठनलाई जिल्लामा हिजोका दिनदेखि रहँदै आएको विरासत जोगाउँदै १० वटै पालिकामा संगठनको प्रभाव बढाउन सुझाव दिएका थिए । अहिले पनि विभिन्न शक्तिले चौतारीलाई कसरी कमजोर पार्न सकिन्छ भनेर अनेकन षडयन्त्र रचिरहेकाले यसबाट सचेत बन्न नेतृत्व तहलाई अपिल गरेका थिए । सुझाव दिनेहरुले क्षेत्र तोकेर जिम्मेवार पदाधिकारीलाई संगठनमा आवद्ध भएका सदस्यहरुको समस्या, मर्का सम्बोधनका लागि बारम्बार भेटघाट गर्ने, विभिन्न रचनात्मक गतिविधि बढाउने काम गर्न अपिल गरेका थिए ।
त्यस्तै सो अवसरमा नेकपा एमाले जिल्ला सचिव बुढाथोकीले संगठनको आन्तरिक जीवनलाई स्पष्ट पार्दै अघि बढेको खण्डमा कहिल्यै पछि फर्केर हेर्नु नपर्ने विश्वास व्यक्त गर्नुुभयो । एमालेको शुभेच्छुक संगठनका रुपमा रहेको प्रेस चौतारीमा अबको नेतृत्व जित्ने भन्दा पनि टिक्ने जिम्मेवार पदाधिकारीलाई अघि सार्न अपिल गर्नुभयो ।
