
ssbus
Gsl
Sssbus1
nsm
Ssbus
tssbus
Ssbus
Sssbus1
Pbu
Ssbus

Ksm
Rsb
Rgs
Tsm
Bbu
nsb
Rgu
Pvg
Ssm
Asm
Rgu
Gst
Bbbpu
Hal
Ggd
Vor
Sls
Wsp
Sbs

Rmb
Syp
Gsb
Jmb
Ptm
sab
Bml
bbt
Rpp
Abd
Mks
Jmb
Pls
दाङ । बाढीले ६ प्रदेशमा ८ अर्बभन्दा बढीको धानबालीमा क्षति गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बागमती बाहेकका ६ वटा प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार बेमौसमी वर्षाले १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको छ भने ७१ हजार ११ हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति भएको छ । २ लाख ६९ हजार ८ सय ४२ मेट्रिक टन धान क्षति गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा मात्रै ४ अर्व ५१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै गण्डकी प्रदेशमा १३ करोडको धानबालीमा क्षति गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रदेशस्तरमा तथ्याङ्क संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक एक वटा कार्यटोली गठन गरेको छ ।सातै प्रदेशमा क्षति मूल्याङ्कन र राहतका लागि पर्सि मंगलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
