
Sssbus1
tssbus
Ssbus
ssbus
nsm
Ssbus
Pbu
Ssbus
Sssbus1
Gsl

Ggd
Bbbpu
Hal
Rgu
Sls
Sbs
Rgs
Asm
Ssm
Wsp
Tsm
Gst
Bbu
Ksm
nsb
Rgu
Pvg
Vor
Rsb

Rpp
Pls
Jmb
Gsb
Jmb
Syp
sab
Rmb
Abd
Ptm
bbt
Mks
Bml
प्युठान। लकडाउनको समयमा कृषि उपज विक्रीका लागि प्युठानमा कृषि एम्बुलेन्स सुरु गरिएको छ। जोखिमपूर्ण भारतीय तरकारीमा निर्भर प्युठानका लागि स्थानीय उत्पादनको उपयोग गर्न प्रदेश सरकारको निर्णय अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
प्रदेशबाट अनुदान पाएका जिल्लाका तीन वटा पिक अप गाडीलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको प्युठान नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गिरिराज पौडेलले जानकारी दिनुभयो।गाउँ-गाउँमा किसानले उत्पादन गरेका तरकारी बजारसम्म ल्याउन समस्या भइरहेको अवस्थामा यी एम्बुलेन्स उपयोगी हुने उहाको भनाई छ। त्यसैगरी एम्बुलेन्सले किसानलाई आवश्यक पर्ने कृषिसम्बन्धी सामग्री तथा बीउ, मलसमेत गाउँसम्म पुर्याइदिने व्यवस्था गरिएको छ।
‘किसानलाई अत्यावश्यक सेवा दिनका लागि एम्बुलेन्स सुरु गरेका हौं, अधिकृत पौडेलले भन्नुभयो,’यसमा कृषिजन्य वस्तुको बजारीकरण र किसानलाई आवश्यक पर्ने कृषिसम्बन्धी सामग्री घरमै पुर्याइदिने छौं,’ ढुवानी खर्च लाग्दैन, ‘यसले किसानहरूलाई सहयोग गर्नेछ।’ पौडेलले भन्नुभयो।
एम्बुलेन्सले गाउँमा उत्पादित तरकारी संकलन गरि बजारमा विक्री वितरण गर्नेछ ।त्यसबाहेक आवश्यकताका आधारमा अन्य गाडी थप समेत गर्न सकिने छ।
एम्बुलेन्स सञ्चालनमा आएपछि कृषक र उपभोक्ता दुवैले राहत पाउने प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो ।
लकडाउनका कारण किसानले कृषिजन्य वस्तु बिक्री नभएकाले खेर जान थालेको गुनासो गर्दै आएका थिए। किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि निजी क्षेत्रले भने केही समय अघिदेखि नै घुम्ती सेवामार्फत् किसानले उत्पादन गरेका कृषि उत्पादन बजारसम्म ल्याएर बिक्री गर्दै आएका थिए ।
