
Asbus
Sdc
Ksbus
Ksbus
Rgp
Ggp
Lnp
Ggp
Msbus


रुपन्देही(तिलोत्तमा) । तिलोत्तमा नगरपालिकाले १५ दिने सूचना प्रकाशन गरी खेती योग्य जमिनमा उपयुक्त वाली लगाउने ब्यवस्था गर्न सम्वन्धित सवैमा सूचित गरेको छ ।
नगरपालिकाले शुक्रवार एक सूचना प्रकाशन गरी नगरपाालिका भित्र कतिपय स्थानमा खेती योग्य जग्गा बाँझो देखिन आएकोले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र उपयुक्त वाली लगाउन आवश्यक ब्यवस्था गर्न सबैलाई सूचित गरेको छ ।
सम्वन्धित जग्गा धनीवाट वाली लगाउने काम नभएमा छिमेकीहरु, टोल विकास संस्था, कृषि फार्म, कृषक समूह, वडा स्तरीय कृषि समिति(संजाल), सहकारी लगायतका संस्थावाट नगरपालिकाले जारी गरेको सूचनाको शर्तको अधिनमा रही खेती गर्न सम्वन्धित वडा संग समन्वय गरी नगरपालिकाले सहजीकरण गर्ने उल्लेख छ ।
शर्त अनुसार खाली जग्गाको अवस्थिति र अनुमानित क्षेत्रफलको बारेमा जग्गाका छिमेकी तथा स्थानीय वासिन्दा मार्फत टोल विकास संस्थाले सम्वन्धित वडामा जानकारी गराउनु पर्ने छ । तोकिएको समयावधि भित्र सम्वन्धित जग्गा धनीले खेती गर्ने प्रकृया अगाडि नबढाएमा सम्वन्धित वडामा अभिलेख राखी जग्गाको साँध सिमाना र वनावटमा असर नपर्ने गरी खनजोत गरी मौसमी खेती गर्ने, गराउनु पर्ने शर्त राखिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी गरिएको सूचनामा यसरी खनजोत गरी उत्पादित कृषि उपजको पूर्ण स्वामित्व वाली लगाउनेको हुने, जग्गा धनी स्वयंले नै जग्गा उपयोग गर्ने भएमा खेती गरिरहेको वाली धनीलाई कम्तिमा ४५ दिन पहिले सूचना दिनु पर्ने र वाली लगाईरहेको अवस्थामा भने वाली भित्र्याएपछि मात्र जग्गा धनीले उपयोग गर्न पाउने ब्यवस्था गरिएको छ ।
नियमानुसार लाग्ने जग्गाको कर जग्गा धनीले नै तिर्नु पर्ने छ भने जग्गा धनीले अवरोध गरेका कारण भूमि बाँझो रहेमा नगरपालिकाले तोकिए वमोजिम जरिवाना लिने ब्यवस्था गरिएको छ ।नगरपालिकाले भित्र कृषि योग्य भूमि बाँझो राख्न नपाईने यस अघि नै निर्णय गरिसकेको छ।
