Sidha Patra आइतबार, आश्विन ०३, २०७८

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिनेछन् ।

त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी तयारी छ ।

एमालेको नाराबाजीले असर गर्दैन : सत्ता गठबन्धन

२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले भोलिको बैठकमा पनि नाराबाजीलाई निरन्तरता दिने बताएको छ ।

तर, सत्ता गठबन्धन एमालेको नाराबाजीले कुनै असर नगर्ने बताएको छ । ‘सदन खुलाउने हाम्रो प्रयास जारी छ । एमालेले सहयोग गर्छ र अनावश्यक विषय उठाउन छोड्छ भन्ने विश्वास छ’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘सहमति भएन र नाराबाजी जारी नै राख्यो भने पनि बजेटलाई रोक्ने छुट सरकारलाई छैन ।’

कांग्रेसकी सचेतक पुष्पा भुसाल पनि संसदको कार्यसूची नरोकिने बताउँछिन् । ‘मुलुक बजेट होलिडेमा छ । सदनमा नाराबाजी हुन्छ भने यसलाई के भन्ने ? सरकारको इमानदार प्रयास कार्यसूची अनुसार सदन चलोस भन्ने हुन्छ’ उनले भनिन् ।

१०/१२ गते भित्र बजेट होलिडे तोड्ने प्रयास

बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने सरकारको प्रयास छ ।

प्रतिनिधिसभाले भोलि ४ गते विनियोजन विधेयक गरेमा मंगलबार बोलाइएको राष्ट्रियसभा बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ ।

असोज ९ गते शनिबार परेको छ । त्यसकारण १० गते राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गर्ने र ११ गते प्रतिनिधिसभाले त्यसलाई स्वीकार गर्ने र बजेट होलिडेको अन्त्य गर्ने सरकारको तयारी छ ।

‘११ गतेभित्र बजेटको प्रतिस्थापन विधेयकको विनियोजन विधेयक दुबै हाउसबाट पारित भएको अवस्थामा बजेट खर्च गर्न सरकारलाई बाटो खुल्छ । बजेट होलिडेको अन्त्य हुन्छ भन्ने मेरो बुझाई छ’ राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता राधेश्याम अधिकारीले भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]