
Ssbus
Sssbus1
Gsl
Sssbus1
ssbus
Pbu
Ssbus
nsm
tssbus
Ssbus

Rgu
Ssm
Bbbpu
Vor
Sls
Rgs
Tsm
Hal
Rgu
Ggd
Rsb
Gst
Pvg
nsb
Ksm
Sbs
Asm
Bbu
Wsp

bbt
Ptm
Mks
Pls
Gsb
Syp
Jmb
Jmb
Bml
sab
Rmb
Abd
Rpp
दाङ । जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । घोराहीका एक जना पुरुष सँग होटलमा बसेर वियर र मासु खाएपछि विवाद सृजना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरि आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा घोराही १५ का ३२ बर्षिया सीतादेवी थापा, ३५ बर्षिया खुमा वली र ३२ बर्षिया सुस्मा परियार रहेका छन् । गएको असार ६ गते पक्राउ परेकी सीतादेवी थापाले घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहीनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीको दावी छ । होटलमा बसेर मासु र बियर खाएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टीएको र उनिहरुले बोलाएको पुरुषलाई गाली गलौज गर्दै जबरजस्तीकरणीमा मुद्धा दर्ता गर्ने भन्दै धम्की दिएको ति पुरुषले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ ।
अर्को दिन ति पुरुषलाई फोन गरी ति महिलाहरुले पैसामा मिलाउन र यदी त्यसो नभए मुद्धा दर्ता गर्ने भने पछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन् । पिडित भनिएका पुरुषको भने प्रहरीले नाम खुलाएको छैन् । ति महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ति पुरुषले आबस्यक प्रमाण सहित प्रहरीमा उजुरी गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । पक्राउ परेकाहरु बिरुद्ध अपराधिक विश्वासघात तथा अपराधिकलाभ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिने प्रहरीको भनाई छ ।
उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । पत्रकार सम्मेलनमा ति महिलाहरुले भने आफुहरुलाई फसाईएको बताएका थिए । आफुहरु बिरुद्ध मुद्धा दर्ता गर्ने पुरुष नै दोषि भएको उनिहरुको भनाई छ ।
