
Ssbus
Ssbus
Ssbus
Sssbus1
ssbus
nsm
Gsl
Pbu
tssbus
Sssbus1

Pvg
Rgs
Rgu
nsb
Hal
Bbbpu
Ksm
Sls
Ggd
Sbs
Tsm
Rgu
Bbu
Gst
Asm
Vor
Rsb
Ssm
Wsp

Rpp
Gsb
Pls
bbt
Syp
sab
Jmb
Rmb
Mks
Jmb
Abd
Ptm
Bml
बाँके । राष्ट्रिय निकुञ्ज बाँके क्षेत्रमा रातको समयमा पैदल साइकल मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत् निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म मंगलबार ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ ।
त्यस्तै अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार सुरक्षित यात्रा गर्न भनिएको छ । केही दिन यता निकुञ्जको सिक्टा-कुसुम सडकखण्डमा पाटेबाघको चहलपहल बढिरहेकाले सुरक्षित साथ बस्न प्रशासनले आग्रह गरेको छ ।
यसैगरी बाघ बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आम नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनबाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमितरुपमा पाटेबाघको निगरानी गरिँदै आएको जिल्ला प्रशासन बाँकेले जनाएको छ ।
